सिद्धार्थनगर भित्र डेंगु रोग नियन्त्रण गर्न सामुहिक पहल गर्ने

स्वास्थ्यसमाचार /सिद्धार्थनगर नरगपालिका क्षेत्रका विद्यालयका प्राचार्यहरुले नगरभित्र डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकभरका ६२ जिल्ला अहिले डेंगु रोग फैलिएको छ ।

त्यसबाट ७ हजार बढी नागरिक संक्रमित भएका छन् । रुपन्देहीमा पनि डेढसयको हाराहारीमा डेंगु रोगी फेला परेका छन् । डेंगुको संक्रमण रोक्न सिद्धार्थनगरले बिहीबार नगरभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रचार्यसँग छलफल गरी सबैलाई आआफ्नो क्षेत्रबाट प्रयास गर्न अनुरोध गरेको छ ।

नगर प्रमुह हरिप्रसाद अधिकारीले नगरभित्र डेंगुको संक्रमण देखिन थालेको भन्दै विद्यालयहरुले पहल गरे त्यसबाट बच्न सकिने जनाए । उनले विद्यार्थीलाई डेंगुको लक्षण, रोकथाम र उपचार विधिबारे तथा बच्ने उपायबारे कक्षा–कक्षा पुगेर जानकारी गराउन प्राचार्यहरुलाई आग्रह गरे । अधिकारीले विद्यार्थीलाई डेंगुबारे जानकारी परिवार पनि रोकबाट बच्न सक्ने भएकाले यस्ता प्रयास थालिएको जनाए ।

प्राचार्यहरुले आफूहरुले विद्यार्थीमार्फत् अभिभावकलाई पनि सचेत गराउने अभियान चलाउने प्रतिबद्धता जनाएका छन् । यसअघि नगरपालिकाले डेंगु नियन्त्रणका लागि जनप्रतिनिधहरुको नेतृत्वमा सचेतनाका कार्यक्रम गरिरहेका छ । नगरपालिकाले प्रत्येक स्कुलमा पुगेर पम्पलेट वितरण, विद्यालयहरुमा पठनपाठन सुरु गर्नुपूर्व शिक्षकले डेंगुबारे विद्यार्थीलाई जानकारी गराएर मात्रै पढाउने, प्रत्येक वडा कार्यालय मार्फत् डेंगुबाट बच्ने उपायबारे जानकारीमूलक पर्चापम्पलेट वितरण, वडावडामा स्वास्थ्य स्वयम्सेविका परिचालन गरी सचेतना फैलाउने, संचारमाध्यमबाट सचेतनामूलक सन्देश प्रभाव गर्दै आएको छ । नगरपालिकाले डेंगुको वासस्थान मास्न विशेष अभियान चलाउने तयारी समेत गरेको उपप्रमुख उमा काफ्लेले वताईन ।

एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । दिउँसोमा मात्रै टोक्ने यो लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै डेंगु रोक सार्ने छ । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु भएको चिकित्सक बताउँछन् । यस्तै, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस् हुने डेंगुका लक्षणहरु हुन् ।

चिकित्सकहरुले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुको विकल्प नरहेको बताउँछन् । डा।बैदवारका अनुसार पानी जम्ने ठाउँ नष्ट गर्ने, पानी ट्यांकीलाई छोपेर राख्ने, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने, झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्ने, घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गरेका डेंगुबाट बच्न सकिन्छ ।

सम्बन्धित शिर्षक :