विश्व फिजियोथेरापी दिवसको उपलक्ष्य निःशुल्क शिविर

स्वास्थ्यसमाचार /पुरानो दुखाईको लागि फिजियोथेरापी भन्ने नाराका साथ विश्व फिजियोथेरापी दिवसको उपलक्ष्य बुटवलमा निःशुल्क फिजियोथेरापी शिविर गरि मनाईएको छ ।

लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल मायादेवी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा सम्पन्न शिविरमा १ सय भन्दा बढिले निःशुल्क फिजियोथेरापी सेवा लिएको आयोजकले बताएका छन।

फिजियोथेरापी संघ प्रदेश नम्बर ५ को बिशेष सहयोग उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बिशेष गरी उपचारको पहुच बाट टाढा रहेका प्यारालाइसिस, शारीरीक बिकास ढिलो भएका बालबालिका, नशा च्यापीएका, ढाड दुख्ने, हडडी खिइएका, बाथ, युरिक एसिड लगायतका बिरामीहरुको सफल उपचार गरिएको थियो ।

कार्यक्रममा फिजियोथेरापी संघ प्रदेश नम्बर ५ का अध्यक्ष जगदिश खनालले फिजियोथेरापीको महत्वका बारेमा बोलेका थिए । उनले यो प्रविधिको उपचार बिधिले विश्वभर रहेका पुरानो दुखाइ भएका बिरामीलाई निको पारेको बताए ।

सम्बन्धित शिर्षक :