नेपाल नेत्रज्योति संघ प्रदेश पाँचमा को सभापतिमा राणा

स्वास्थ्यसमाचार /नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा रुपन्देहीका सागरप्रताव राणा सर्वसम्मत चयन भएका छन् । संघको गुल्मीमा भएको प्रथम अधिवेशनले राणालाई सभापतिमा चयन गरेको हो ।

अधिबेशन ब्यवस्थापन समितिका सदस्य पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी , कोषाध्यक्ष दाङ शाखाका लिला शाह निर्वाचित भएका छन् ।

अधिवेशनले सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य,गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय सहित ९ सदस्य प्रदेश कार्य समिति गठन गरेको छ ।

अधिबेशन ब्यवस्थापन समितिका संयोजक तथा रेसुङा नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले अधिवेशन गुल्मीमा सम्पन्न गर्न पाएकोमा आफुहरुले ऐतिहासिक रुपमा लिएको बताए । कार्य समितिको कार्यअबधि २ बर्षको रहने छ । कार्यक्रमको उद्घाटन प्रदेश नं ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले गरेका छन।

सम्बन्धित शिर्षक :