काठमान्डौ बाहिर मेशीनवाट प्राकृतिक चिकित्सा उपचार शुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवलस्थित ढवाहमा सञ्चालित गुरांस अस्पतालले नयांनयां मेशीनको प्रयोगबाट स्वास्थ्य सेवा दिन थालेको छ ।

प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गराउंदै आएको अस्पतालले काठमाण्डौ बाहिर बुटवलमा पहिलो मेशीनबाट प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार शुरु गरेको छ ।गत २०७५ बैशाकदेखि सञ्चालित गुरांस अस्पतालले पहिलो पटक शरिर वजन चालचलन मेशीनबाट स्वाथ्यसेवा प्रारम्भ गरेको हो ।विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा नयां मेशीनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको अस्पतालका अध्यक्ष सरस्वती भुसाल पन्थीले जानकारी गराइन ।

प्राकृतिक चिकित्सा पद्वतिमा बुटवलबाट पहिलो पटक सेवा शुभारम्भ गरिएको मेशीनको वयोवृद्व ९३ वर्षिय मोतिकला कार्मीले उद्घाटन गरेकी हुन् ।दैनिक ४० देखि ५० जना विरामकिो उपचार गर्दै आएको अस्पतालले एक वर्षको अवधीमा ३१सय ७४ जनालाई बहिरंग सेवा र १२सय ६९ जनालाई अन्तरंग सेवा गरिएको अस्पतालका निर्देशक नारायण भुसालले जानकारी गराए ।अस्पतालमा आएका ८० प्रतिशत विरामीहरुलाई निको बनाएर पठाइएको डाक्टर सुजन कण्डेलले बताएका छन् ।

अस्पताले अर्गानिक तरकारी तथा फलफुल उत्पादनका लागि अर्घंखांचीको सितगंगा नगरपालिका वडा नम्बर २ नगरपालिका शूवर्णखालमा १ सय ७८ रोपनी जग्गा खरिद गरेको छ ।विरामीहरुलाई अर्गानिक तरकारी र फलफुल खुवाउनका लागि तरकारी तथा फलफुल उत्पादनमा लागिएको कार्यकारी निर्देशक भुसालले बताए । एक कठ जग्गामा ५ तला लिफ्टसहितको रिहयाविलिटेशन तथा अन्तरंग भवन निर्माण गरिंदै छ । अस्पतालको ओपीडीमा ७० र अन्तरंगमा ३० जनाको क्षमता अस्पतालको रहेको भुसालले बताए ।

सम्बन्धित शिर्षक :