सुनवल नगरपालिका:अस्पताल स्थापना हुने भएपछि खुशीयाली

परासी, ११ भदौ । नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण…

माछो -माछो भ्यागुतो भो समायोजन ?

राधिका खनाल अनमी छैठौ सबैको हित गर्ने सुपाच्य भोजन माछो माछो भ्यागुतो भोे समायोजन। नदेखाएनी हुन्थ्यो आश घरपायको जागीर। पहिले भन्दा लथालिङग भयो आखिर । पुसे खाजा पनि घरमा खाना पाईन्न जस्तो थ्यो । तिम्रै नाम जपी जपि तिज आईसक्यो । नयाँ सालमा आउ है भनि शुभकामना दे कै हो। निहु बनाई बस्यौ तिमी कुन्नी के के हो । यसै ठिक थ्यो यिनी कुरा ननिकाल्नु पर्ने हो मनोरोगी धेरै भए कसो गर्ने हो। अरु जस्तो सहज छैन स्वास्थ्यमा छ लफडा । जस्ले सुकै सक्दैन यहा चाहिन्छ तगडा। चौथो देखी छैठै…

सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ। सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई…

प्रदेश सरकार अस्पतालका सैया वढाउन भन्दा सेवा र सुविधा विस्तारमा केन्द्रित :मन्त्री बराल

स्वास्थ्यसमाचार /पश्चिम नबलपरासीमा रहेको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक सुविधा सम्पन्न शव परीक्षण गृह निर्माण भएको छ । प्रदेश नं ५ स्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा बनेको उक्त शवगृहमा एकपटकमा ६ वटासम्म शव चिसो बनाएर राख्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ।अस्पतालमा पुरानो शवगृह सडकको छेउमा र सुविधायुक्त नभएका कारण दुर्गन्ध फैलिएर नागरिकले सास्ती पाउँदै आएका कारण अहिले नयाँ भबन बनाईएको अस्पतालले जनाएको छ। आधुनिक प्रविधिसमेत जडान गरिएकाले छिटोछरितो शव परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले वताए। अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी शवगृह…

प्रदेश ५ सरकारका १२ निर्णय, प्रदेश मातहतका अस्पतालमा करार नियुक्ति र म्याद थप गर्ने

स्वास्थ्यसमाचार /मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रदेश नम्बर ५ को मंगलबार बसेको बैठकले बिभिन्न १२ बटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश मातहतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा म्याद थप गर्न सरकारले स्वीकृत दिएको  लगायतका निर्णय गरेको जानकारी गराए । प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत गरेको जानकारी दिए ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता चौधरीले लोक सेवा आयोगको संगठन र सोही अनुसारको दरबन्दी समेत स्वीकृत…

नीतिगत अस्पष्टताका कारण स्वास्थ्यको समायोजन फेरी रोकियो

स्वास्थ्य समाचार/ स्वास्थ्यको समायोजन फेरी रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण समायोजन रोकिएको हो । गुनासो सम्वोधन लगायत केही नमिलेका विषय मिलाउनुपर्ने क्रममा सामान्य र स्वास्थ्य बीच प्रक्रिया नमिलेपछि थप छलफल गरी अघि बढ्ने भनेर समायोजनको कार्य स्थगित भएको हो ।‘स्वास्थ्यको समायोजन सुरु देखि नै अलि अलमलमा परे जस्तो भयो । तर पछिल्लो समय सामान्यले सबै जिम्मा स्वास्थ्यलाई दिएपछि केही गति लिएको थियो । तर यहि बेला दुई मन्त्रालयबीच केही कुरामा थप छलफल गर्नुपर्ने अवस्था आयो । यसैले अहिले…

कपिलबस्तुको सोनापुरमा नि :शुल्क स्वास्थ्य शिविर : एक हजार लाभान्वित

स्वास्थ्यसमाचार /कपिलवस्तुको पटना स्वास्थ्य चौकी वाणगंगाको आयोजना तथा सिद्धवाबाबा सुपरस्पेसलिष्ट हस्पीटल बुटवलको प्राविधिक र चिकित्सकिय सहयोग एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा एक हजार भन्दा बढीले निशुल्क सेवा लिएका छन ।विभिन्न कारणले स्वास्थ्य संस्था गएर स्वास्थ्य जाच गराउन नपाएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको थियो । स्वास्थ्य जाच गराएका मध्ये सबैभन्दा बढी स्थानीयमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ भने अन्यमा फोक्सो, मुटु, उच्च रक्तचाप, सुगर, मिर्गौला, पिसाबमा संक्रमण, रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने नसा सम्बन्धी लगाएतका समस्या देखिएको…

युवा चिकित्सक संघ नेपाल प्रदेश न ५को अध्यक्षमा डा पोखरेल

स्वास्थ्यसमाचार /युवा चिकित्सक संघ नेपाल प्रदेश न ५ को समिती गठन भएको छ । युवा चिकित्सकहरुको भेलाले डा दीपेन्द्र पोखरेलको नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा डा बसन्त राज न्यौपाने , महासचिबमा डा अशोक धिताल ,सहसचिबमा डा शुशील पोखरेल , कोषाध्यक्षमा डा दुर्गा खत्री र सदस्यहरुमा डा सन्दीप पौडेल , डा एलिसा सिंह , डा बिनु पाण्डे , डा कमला थापा ,डा प्रविना राना सर्वसम्मत चयन भएका छन। संघले चिकित्सकको हक अधिकार ,गुणस्तरीय स्वास्थ्य सेवा , स्वास्थ्य सम्बन्धी जनचेतना लगायतका कार्यमा निरन्तर लागिरहने अध्यक्ष्य डा पोखरेलले वताए…

प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रस्तावित प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु भएको छ । मेडिकल कलेजको भौतिक पूर्वाधारका लागि तिलोत्तमा नगरपालिकाको वडा नं १ र ८ को ९ शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको २ सय बिगाहा जमिन सरकारले कलेजलाई हस्तान्तरण गरेको छ । कलेजलाई प्राप्त त्यो जग्गाको माटो कस्तो छ र त्यहा भएको जग्गामा के कस्ता संरचना बनाउन सकिन्छ भन्ने सम्वन्धमा अहिले प्राबिधिकको टोलीले माटो परिक्षण सुरु गरेको हो ।माटो परिक्षणको जिम्मा नोभा कन्सलटेन्सी पाएको छ । नोभा कन्सल्टेन्सीका प्राबिधिकहरुले ५ दिनदेखि…

प्रदेश ५ का सरकारी अस्पतालको दुरावस्था , सुधारका लागी प्रयन्त जारी :मन्त्री बराल

स्वास्थ्यसमाचार/मानिसको जीवन रक्षा गर्ने थलो हो अस्पताल। मानिस आफ्नो जीवनको अन्तिम अवस्थामा समेत पुनः जीवन पाउने आशाले अस्पतालमा जाने गर्दछन्। ती अस्पताल नै अस्पतालजस्ता नभएपछि बिरामीको हतास मानसिकता कस्तो होला ? प्रदेश ५ अन्तर्गतका प्रादेशिक अस्पतालहरूको अवस्था अस्तव्यस्त रहेको पाइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङमा अस्पतालको अवस्था दयनीय छ। अस्पतालका सबै फाँटहरू अस्तब्यस्त नै देखिन्छन्। इमर्जेन्सी बिरामी ल्याउनेहरूको पीडा, ‘यहाँ त यस्तो जञ्जाल छ कि अस्पतालको काइदा कानून बुझ्दा बुझ्दै बिरामीको ज्यान जान्छ। पहिलो पटक बिरामीको अवस्था बताउन र अघिको कसो गर्ने भन्ने निर्णय खोज्न जाने…