स्वास्थ्यसमाचार /डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रतिकया दिनुहोस्