डेंगु रोग नियन्त्रण अभियान संञ्चालन गर्ने प्रदेशसभा सदस्यहरुद्धारा माग

स्वास्थ्यसमाचार/ प्रदेश नं ५  प्रदेशसभा सदस्यहरुले महामारीको रुपमा देखीन थालेको डेंगु रोग नियन्त्रणकालागि तत्काल अभियान सञ्चालन गर्न माग गरेका छन ।

प्रदेश नं ५ को प्रदेशसभामाको बिशेष समयमा बोल्दै प्रदेशसभा  उनीहरुले चितवन, काठमाण्डौ, रुपन्देही लगायतका जिल्लामा १३ जनाको ज्यान गईसकेको मुलुकका ४२ जिल्लामा चार हजार मानिशमा डेंगु रोगको संक्रमण हुँदा समेत संघीय सरकार र प्रदेश सरकारले त्यसको नियन्त्रणकालागि कुनै कदम नचालिनु दुखद भएको बताए ।

प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीे, प्रदेशसभा सदस्य रिना नेपाल बिश्वकर्मा,्रदेशसभा सदस्य दृघनारायण पाण्डेय प्रदेश भिाषद तारा जीसी लगायतले बोल्दै प्रदेश नं ५ मा मात्रै १सय १० जनामा डेंगुको संक्रमण भएको र एक जनाको मृत्यु हुदा समेत केहि अधिभयान सञ्चालन भएको ले तत्काल संसंञ्चालन थाल्नु पर्ने बताए ।

पछिल्लो ५ बर्ष यता डेंगु रोगको संक्रमण ११ प्रतिसतका दरले बृद्धि भएको भन्दै उनीहरुले डेंगु रोग नियन्त्रणकालागि संघीय सरकार र प्रदेश सरकारले तत्काल आवस्यक कदम चाल्न र प्रत्येक जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरे ।

सभाषदले लुम्बिनी प्रादेशिक अस्पतालमा एउटै बेडमा तिन जना सम्म बिरामि सुत्नु पर्ने अवस्था रहेको भन्दै त्यस बिषयमा सामाजिक विकास मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरुलाई ध्यान जानु पर्ने बताएका छन।

प्रदेशको एउटा प्रादेशिक अस्पताल समेत व्यवस्थित गर्न नसक्नु दुखद भएको भन्दै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना कहाँ पुग्यो भन्ने बिषयमा जानकारी माग समेत गरेका थिए। । सभाषदहरुले अस्पतालमा चिकित्सक अभाब लगायका बिषयमा बोलेका थिए ।

सम्बन्धित शिर्षक :