प्रदेश ५मा डेंगुरोग नियन्त्रण बाहिर छैन :बराल

स्वास्थ्यसमाचार /प्रदेश नं ५मा डेंगु रोगको संक्रमण बढे पनि नियन्त्रण बाहिर नभएको सामाजिक विकास मन्त्री सुदर्शन बराललले बताए ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले बिभिन्न समयमा उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री बरालले प्रदेशका १२ जिल्ला मध्ये अहिले सम्म ४ जिल्लामा डेंगुका बिरामी फेलापरेपनि नियन्त्रण बाहिर जाने अबस्था नरहेको बताएका छन

मन्त्री बरालले डेंगुको संक्रमणका कारण मानिसहरु बिरामी परेको घटना प्रति प्रदेश सरकार जानकार रहेको वताउदैे त्यसको जाँच र उपचारकालागि प्रदेश सरकारसँग आवस्यक जनशक्ति र उपकरण रहेको दाबी उनले दाबी गरे ।

मन्त्री बरालले हालसम्म प्रदेशका रुपन्देही ९० पाल्पा १ दाड १० वाकेमा ७ गरि १ सय २६ जना बिरामी देखीएको र रुपन्देहीमा १ जनाको मृत्यु भएको समेत संसदमा बताए । बिरामी मध्ये ८७ जना उपचारपछि घर फर्किएको र अन्य वाकीको उपचार भैरहेको बताए । मन्त्री बरालले मिडियामा आए जस्तो र प्रदेशसभा सदस्यहरुले चिन्ता गरे जस्तो डेंगु रोग महामारीको रुपमा नफैलिएको वताएका छन ।

सम्बन्धित शिर्षक :