डेंगु रोग के हो ? लक्षण र बँच्ने उपाय जानौं !

स्वास्थ्यसमाचार अनलाईन । डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ । डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ । डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु…

कृषि मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण, ग्राण्डीमा उपचार हुँदै

स्वास्थ्यसमाचार /कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो । शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनाललाई हिजो बुधबारदेखि ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको जनाइएको छ । अहिले देशभर डेंगुको प्रकोप बढ्दै…

धुर्काेट गाउँपालिकाद्धारा दुई स्वास्थ्य संस्थालाई नयाँ एम्बुलेबन्स हस्तान्तरण

स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको धुर्काेट गाउँपालिका ले गाउपालिका भित्र रहेको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल र हाडहाडे हेल्थपोष्ट लाई २ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका मा आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले नयाँ एम्बुलेन्सको चापी हस्तान्तण गरे । यो संगै धुर्काे गाउँपालिका मित्र रहेका सबै स्वास्थ्य संस्थामा एम्बुलेन्स उपलब्ध रहेका छन । संघिय सरकारको बिषेश अनुदान रकमबाट २ बटा नयाँ एम्बुलेन्स खरिद गरिएको अध्यक्ष पोखरेलले बताए । नयाँ एम्बुलेन्सको मुल्य २५ लाख रहेको समेत पोखरेलले बताए ।अध्यक्ष पोखरेलले भने आमासुरक्षा कार्यक्रम अन्र्तगत धुर्काेट गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य…

भीम अस्पताल भैरहवामा क्षयरोग जाँच गर्ने जिन एक्सपर्ट मेसिनको उद्घाटन

स्वास्थ्यसमाचार/ भीमअस्पताल भैरहवामा क्षयरोग निदान गर्नका लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिनको प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । अस्पतालमा क्षयरोगका विरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखीदा धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जेन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा जेन एक्सपर्ट मेशिनलाई भिम अस्पताललेमा राखिएको हो । उदघाटनमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्षयरोगले जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएको हुँदा यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिदै क्षयरोगका बारेमा समुदायमा सचेतीकरणको आबश्यकता रहेको वताए…

प्रदेश ५ सरकारद्धारा ८ निर्णय: ११ सरकारी अस्पताल बिकास समिति गठन गर्न स्वीकृत

स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा रहेका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठनगर्ने बाटो खुलेको छ। प्रदेश पाँच मन्त्री परिषदको सोमबार बसेको बैठकले सामाजिक बिकास मन्त्रालयलाई प्रदेश भित्रका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठन गर्न स्वीकृती प्रदान गरेको हो । अस्पतालमा अध्यक्ष हुनकालागि कम्तीमा स्नातक तह उत्तिर्ण गरी १० वर्ष सरकारी सेवा वा स्वास्थ्य क्षेत्रमा ५ वर्ष सेवा गरेको हुनु पर्ने बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी गराए । त्यस्तै लब्ध प्रतिष्ठित महिलालाई अस्पताल बिकास समितिको सदस्य पदमा प्रदेश सरकारको रिफारिसमा नियुक्त…

रुपन्देहीमा ३८ जनामा डेंगु पोजेटीभ भेटियो

स्वास्थ्यसमाचार /रुपन्देहीमा डेंगुसंक्रमित ३८जना बिरामी फेला परेका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्लामा अहिले सम्म ३८ जना बिरामीमा डेगुपोजेटीभ भेटिएको जनाएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार लुम्बिनी प्रादेशीक अस्पतालमा २२ जना र अन्य क्रिमसन अस्पतालमा बुटबल अस्पताल प्रालीमा युसिएम मा गरि १६ गरि जम्मा ३८ जना बिरामी रहेको वताए ।तर भाईरल ज्वोरोका बिरामीहरुको संख्या भने दैनीक बढदै गएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गिरीले बताए । लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका मेसु डा कृष्ण खनालले भने अस्पतालमा दैनीक भाईरलका बिरामी आएपनि अहिले सम्म २२…

प्रदेश ५ सरकारद्धारा स्वास्थ्य नीति को मस्यौदा तयार ,निःशुल्क आधारभूत र आकस्मिक सेवा प्राथमिकता

स्वास्थ्यसमाचार प्रदेश नं ५ सरकारले प्रदेश स्वास्थ्य नीति, २०७६ को मस्यौदा तयार पारेको छ । २४ रणनीतिसहितको प्रदेश स्वास्थ्य नीति, २०७६ को मस्यौदा तयार गरिएको छ । नितिमा प्रदेशका सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत र आकस्मिक सेवा प्रदान गर्ने, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्ने, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार, औषधि र औषधिजन्य सेवा पु¥याउने लगायतका २४ रणनीति सहितको स्वास्थ्य नीतिको मस्यौदा तयार गरिएको सामाजीक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले तयार गरेको मस्यौदामा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । विद्यमान स्वास्थ्य सेवालाई सुदृढ गर्ने…

डेंगु रोग लाई खोजौ र नष्ट गरौ

कपिल गौतम सुन्नुहोला दिदीबैनी, सुन्नुहोला दाजुभाइ । दिनु हुन्न टोक्न बरै, लामखुट्टेलाई ।। अण्डा पार्छ सफा पानी, खोजी खोजी यसले । दिनु हुन्न कतै पानी, जम्न त्यसैले ।। अण्डाबाट लार्भा प्यूपा, त्यसपछि बयस्क । हप्ता पन्ध्र दिनमै पूरा, जीवनचक्र ।। डेंगू रोग सार्ने रैछ, एडिस लामखुट्टे । टाटेपाटे बाघजस्तो, हुन्छ यो बुट्टे ।। दिउँसोमा टोक्ने बानी, यो जातको अचम्म । ूखोजौ र नष्ट गरौू, सकेसम्म ।। थोत्रा टायर पानी टंकी, खुला खाली बोतलमा । जताततै हुन सक्छ, घरमा होटेलमा ।। पानी जम्न दियौ भने, अण्डा त्यसमा पार्नेछ । सबैलाई टोकी…

डेंगु रोग नियन्त्रणको प्रयास फितलो

स्वास्थ्यसमाचार/लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण नेपालमा बर्सेनि बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गए पनि नियन्त्रणको प्रयास फितलो देखिएको छ । केही वर्षअघि तराई–मधेसका जिल्लामा मात्र देखापर्ने यो रोग पछिल्ला वर्षमा पहाडी जिल्लामा समेत देखापर्न थालेको छ । राजधानीमै समेत डेंगु संक्रमित बिरामी पाइएको छ । सन् २००४ मा पहिलोपटक नेपालमा यो रोगबाट संक्रमित पाइएको थियो । त्यतिबेला नेपाल आएका एक विदेशी नागरिकमा डेंगु संक्रमण पाइएको थियो भने डेढ दशकको अन्तरालमा यो रोगले महामारी कै रूप धारण गरेको छ । तराई–पहाड गरी हाल कम्तीमा ४२ जिल्लामा यो रोगको…

लुम्बिनी प्रादेशीक अस्पतालमा बिरामीलाई औषधि नदिने बरु फाल्ने

बुटवल : अर्घाखाँचीका ८१ बर्से नित्यानन्द पाण्डे मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको कार्यकक्षमा गुनासो गरिरहेका थिए। अस्पतालमा ज्येष्ठ नागरिक र विपन्नका लागि निःशुल्क औषधि पाइन्छ। तर उनले लगातार चार दिन धाउँदा समेत औषधि पाएका थिएनन्। ‘शुक्रबार आएँ पाइनँ, आइतबार र सोमबार पनि छैन भनेर फर्काए,’ उनले गुनासो गरे, ‘मंगलबार त औषधि आफैं किनेर खाऊ भन्दै बाहिर निकाले।’ उनले अस्पतालबाट औषधि नपाएको यो पहिलो घटना होइन। हाडजोर्नी दुखेर परीक्षणका लागि आएका पाण्डेले यही गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि गरेका थिए। तर न औषधि नै पाए न…