सैनामैना नगरपालिकाको सालझन्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनामा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएको छ ।सैनामैना नगरपालिका वडा नंं ११ पिपलडांडास्थित करिब १४ कठ्ठा जग्गामा एक करोड ११ लाख रुपैयां लागतमा उक्त उपचार केन्द्र सञ्चालनमा आएको हो ।

२०७२ सालमा सर्पदंश उपचार केन्द्र निर्माणका श्रीमद भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयां वचत भएको थियो । यस्तै भवन निर्माणका लागी सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैया,स्थानीय नरिश्वर पाण्डेले तिन लाख रुपैयां, कञ्चन गाउपालिकाले ९८ हजार,गैडहवा गाउपालिकाले एकलाख र भूपू सैनिक सालझण्डीले रु५५ हजार सहयोग तथा स्थानीयबासीहरुको चन्दा रकमबाट भवन निर्माण गरेको निर्माण समितिका सचिब नेत्र प्रसाद घिमिरेले बताए ।

सैनामैना नगरपालिकाको मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका विरामीको उपचार गर्न नेपाली सेनाको सहकार्यमा सेनाको तर्फबाट एकजना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक उपचार केन्द्रमा रहने सैनामैना नगरपालिका का कार्यकारी प्रमुख टेकराज पन्थीले बताए । केन्द्रको भवन निर्माणमा नेपाली सेनाको कालिदत्त गुल्मका सैनिकले श्रमदान गरेका थिए ।

उपचार केन्द्रको उद्घाटन गर्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्किले रुपन्देही,कपिलवस्तु,अर्घाखांची,पाल्पासम्मका जनता लाभान्वित हुने बताए । उनले जनताको आवश्यकतालाई बुझेर कोही पनि सर्पको डसार्ई बाट अकालमै ज्यान नजाओस भन्ने अभिप्रायले यो सञ्चालनमा ल्याएका बताए।

सैनामैनाको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिर्वतन देखिएको कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रिले बताए ।अन्र्तर स्थानीयलाई पनि सेवा लिन सहयोग मिल्ने भन्दै सेवा प्रवाह चुस्त हुनुपर्नेमा जोड दिए। केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लोतलमा स्वास्थ्य चौकी रहने सैनामैना नगरपालिका वडा नंं ११ का अध्यक्ष सुनिल मरासिनीले बताए ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,समाजसेवि इन्द्र बहादुर जि सि लगायतले कार्यक्रममा बोलेका थिए । २०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि एक वर्ष ढिला गरी उपचार केन्द्र निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित शिर्षक :