कोरना संक्रमितका लागी प्रदेश ५का १२अस्पतालमा आइसोलेशन बेड तयार

स्वास्थ्यसमाचार प्रदेश ५ का १० वटा अस्पतालमा कोरना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेशन बेड तयार भएका छन।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेशन बेड तयारी अवस्थामा राखेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसुलेशन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेसु डा राजेन्द्र खनालले बताए ।

उक्त अस्पतालमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ। लुम्बिनीमा डा सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा प्रकाश थापा, पृथ्वी चन्द्र अस्पताल, परासीमा डा पवन अग्रहरी, तौलिहवा अस्पताल डा गणेश क्षेत्री , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डा सदिक्षा योगी, देवदह मेडिकल कलेज डा सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डादीपक भण्डारी, युसिएमएस भैरहवामा डा नविनजंग रायमाझी, नेपालगञ्ज मेडिकल कलेजमा डा सुन्दरजंग शाह र मिसन अस्पताल पाल्पामा डा गजेन्द्र नेपालीलाई तोकिएको छ।

चीनको उहानबाट सुरु भएको नोभल कोरोना भाइरस (कोभिड-१९) ले अहिले विश्वलाई नै त्रसित बनाएको छ। यो भाइरसबाट बच्नका लागि रूघाखोकी लागेका व्यक्तिको सम्र्पकबाट टाढै रहने, नियमित सरसफाइमा ध्यान दिने, जथाभावी कुनै वस्तुलाई नछुने, रूघाखोकी लाग्दा माक्स लगाउने वा भीडभाडमा नजाने, हाछिउँ गर्दा रूमाल अथवा हातले मुख छोप्ने, माछा मासु राम्रोसँग पकाएर खाने, बाहिर गएर आइसकेपछि वा कुनै वस्तु छोएमा साबुन पानीले राम्रोसँग हात धुने र यो भाइरसको जोखिमबाट बच्न तयारी अवस्थामा रहन विश्व स्वास्थ्य सङ्गठनले सम्पूर्ण देशलाई सुझाव दिएको छ।

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मेला महोत्सव, सभा, सेमिनार, महायज्ञ तथा मानिसहरूको ठूलो भीड लाग्ने कार्यक्रम नगर्न र सहभागी नहुन निर्देशन गरेको कार्यलयले जनाएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :