स्वास्थ्य कार्यालय अर्घाखाचीको आयोजनामा अन्तराट्रिय श्रमिक महिला दिबस मनाईयो

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यालय अर्घाँखाँचीको आयोजनामा १सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।समानताको पुस्ताःअन्त्य गरौँ हिँसा,विभेद र असमानता भन्ने मूख्य नाराका साथ अन्र्तरकृया गरी मनाईएको हो।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख राजनैतिक संघ संगठनका महिलाहरुको सहभागिता रहेको थियो। अन्र्तरकृयामा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुष्पा थापा ले महिलाहरुको आत्म सम्मानको रक्षा हुनु,सद्भाव,समान व्यवहार,महिला हकहित र अधिकारका लागी आफुले आफुलाई मायाँ,अवसर प्रदान गर्नु पर्ने बताईन ।

थापाले आफुलाई शारिरीक,मानसिक,सामाजिक तथा संवेगात्मक रुपमा स्वस्थ राख्न आवश्यक रहेको बताईन ।कार्यक्रममा डा.आयुष्मा भुसालले वास्तबिकता बताउदै म यस्तो आमा हुँ जसले आफ्नो छोरीलाई मार्न चाँहे तर असफल भएँ।कुनै समय थियो,पुष को जाडोयाममा मैले आफ्नो तेस्रो सन्तानलाई छोरीको रुपमा फेरी पनि दिँए।

लगातार दूई छोरीलाई जन्म दिईसके पश्चात मेरो श्रीमानले मलाई तेस्रो सन्तान पनि छोरी भएमा घर फर्केर आउने प्रयास नगर्नु भनी सकेका थिए तर मलाई खबर आयो यस छोरीबाट मुक्त हुने सके म घर फर्किन सक्नेछु त्यसपछि म यस छोरीलाई कसैले थाहा नपाउने गरी मार्ने तयारी गर्न थाले।जसअनुरुप छोरीलाई मैले जाडोमा सबै कपडा खोली खाटमा राखी म अर्को कोठामा गए र बिहान भएपछि त्यस कोठामा गई आफै मरेको भन्ने हल्ला गर्नेछु र समस्या सल्टिनेछभन्ने आशामा तर जब म कोठामा पुगे मेरी छोरीको शरीर पुरै निलो भईसकेको थियो ।

तर उ जीवित थिई त्यस दिन अठोट गरेँ कि यदि मेरी छोरी आफ्नो जीवनको लागी यसरी लड्न सक्छे भने म आफ्नो श्रीमान संग पनी लड्ने छु डा भुसालले उक्त कार्यक्रममा भन्दा सबैका गहभरी आँसु भएका थिए। आफुले अनुभवमा डेलिभरीको क्रममा अफ्ठ्यारो परिस्थितीबाट गुज्रेका नवजात शिशुमा छोरीमा बढि पाईन्छ।विश्वमा १र३ महिला कुनै न कुनै समयमा आफ्नो जीबनमा घरेलु हिँसाको सिकार कम्तिमा एक पटक भएको बताईन।

सि अ न मी देबका भुसाल ले हामी आफ्नै घर तथा समाजमा हुने हिँसा तथा विभेदबाट पिडित रहेको कुरा आफु जन्मिदा छोरी जन्मियो भनी वुवाले दोस्रो विवाह गर्न सम्म लागेको कुरा बताईन ।ने क पा प्रतिनिधी राधा पराजुलीले कामकाजी पुरुष र महिलामा धेरै विभेद रहेको साथै पारिश्रमिकमा पनी महिला कामदार र पुरुष कामदार बीचमा ज्यालामा भिन्नता रहेको कुरा बताईन।

कार्यक्रमको संचालन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स गिता भुसालले बिगतमा सामन्तवादी युगमा जमिनदार र किसान बिच संघर्ष भयो, पुँजिवादी युगमा पुँजिपती र मजदूर बिच संघर्ष भएपनि अबस्था उस्तै रहेको बताईन । नेपालमा पनि यो दिवस मनाउन लागीएको करिब चार दशक भएको भएपनि नारामा मात्र सिमिति रहेको देखिन्छ ।

नेपालमा कसरी कहिले मनाईएको थियो

वि.सं.२०१७मा धनकुटामा केहि शिक्षिकाले ‘आईमाई दिवस’ का रुपमा मनाएको केही दस्ताबेजमा पाईन्छ।,२०३३बाट दरबारिया र घरानिया महिलाको नेतृत्वमा अन्तराष्ट्रिय नारी दिवस रुपमा, २०३४मा गोप्यरुपमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस रुपमा२०४७मा सरकारी तहबाट यसलाईँ ‘महिला दिवस’भन्न थालियो,।

२०५८ सालमा महिला आयोग गठन भएपछि ०५८र ०६०मा आयोगको तर्फबाट ‘श्रमिक महिला दिवस’को रुपमा मनाईयो, अन्तत श्रम कानुन २०७४(दफा ४१)ले यस दिवसलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा किटान गर्यो, यो वर्षबाट महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्रालयले समेत श्रम कानुनको व्यवस्था अनुसारनै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक :