कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाऔं : मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार /प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाउन आह्वान गरे ।

प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश सरकारको आग्रह अनुसार भिडभाड नगर्न, ठूला सभा समारोह र भेलाहरु नगर्न पनि आह्वान गरे ।

उनले प्रदेशबासीले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनुपर्ने भन्दै एकअर्काबीचको सम्पर्कबाट जोगिन आग्रह गरे। मुख्यमन्त्री पोखरेलले भने भेट भएपछि,नमस्कार गरौं र संक्रमण हुनसक्ने क्रियाकलापबाट टाढै बसौं यसो गरेमा हामी जोगिन सकिन्छ उनले भने।

उनले प्रदेश सरकारले कोरोना संक्रमणबाट जोगिन र संक्रमण देखिएमा त्यसका लागि प्रदेश सरकारले पूर्वतयारी गरेको बताए। उनले अस्पतालहरुमा आइसोलेशन कक्षहरु स्थापना गरेको बताए। नेपालमा कोरोनाको संक्रमण त्यसरी देखिएको छैन, मुख्यमन्त्रीले भने यदि हामीकहाँ देखा र्पयो भने त्यसका लागि सबै तयारी हामीले गरेका छौं ।

सम्बन्धित शिर्षक :