लुम्बिनी प्रादेशिक अस्पतालमा आशंका गरिएका बिरामीमा देखिएन कोरोनाको संक्रमण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोनाभाईरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएका एकजनाको बिरामीको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले कोरोना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २१ वर्षका युवकको रिपोर्ट नेगेटिभ देखिएकोे वताए।

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘कोरोना भारइरस संक्रमणको जस्तै मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार गरेका हौं ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट आयो– खनालले भने–उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको र कडा निमोनिया भएको बताए।

उनी केहि समयअघि दक्षिण कोरियाली नागरिकसमेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए । उच्च ज्वरो आएपछि उनी बिहीबार लुम्बिनी अस्पतालमा भर्ना भएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको आशंमा आउने बिरामीका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा खनालले बताए ।

सम्बन्धित शिर्षक :