प्रदेश ५ मा कोरना भाईरसको प्रवेश रोक्न बिशेष तयारी :मन्त्री बराल

स्वास्थ्यसमाचार/ नोबेल कारोना भाइरस सम्बन्धी सामाजिक बिकास मन्त्रालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले नेपालमा भेला, सभा रोक्ने गरि कोरोनाको प्रकोप नरहेको बताए ।

उनले कोरोनाको प्रकोप रोक्न सचेत हुनु पर्ने भएपनि सिधै चीन वा अन्य मुलुकबाट भाईरस बोकेर नआंउदा सम्म डराउन आवश्यक नरेको बताए ।मन्त्री बरालले प्रदेश ५ मा कोरना भाईरसको प्रवेश रोक्न प्रदेश सरकारले बिशेष तयारी गरिरहेको बताउंदै मन्त्री बरालले भारतसंग नाका जोडिएका ६ जिल्लाका ठूला तथा साना नाकाहरुमा हेल्प डेस्क संचालनमा आईसकेको बताए ।

उनले प्रदेशको बांके, दाङ र रुपन्देहीमा सुबिधा सम्पन्न क्वाराइन्टायन स्थापना गर्ने तयारी भईरहेको जानकारी गराउंदै क्वाराइनटाइन ब्यवस्थापनका लागि सुरक्षा निकायसंग छलफल सुरु गरिएको बताए । सुरक्षा संयन्त्रसंग भएको अस्पतालहरुलाई जनशक्ति सहित क्वाराइनटायनका लागि प्रयोग गर्न सकिने मन्त्री बरालको भनाई छ ।

 

चीनमा समेत जनमुक्ति सेनाका स्वास्थ्यकर्मीले प्रभावितको उपचार गरेको भन्दै उनले नेपालमा सुरक्षा संयन्त्रको जनशक्ति सहित शिविलियन जनशक्ति समेत उपचारमा परिचालन गर्न सकिने बताए।

प्रदेश ५ स्वास्थ्य विभाग निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले बजारमा हल्ला फैलिए जस्तो नेपालमा कोरोनाको जोखिम नभएको बताएका छन् । कोरोना भाइरस हावाको माध्यमबाट नफैलिने हुँदा सिमा क्षेत्र, विमान स्थाल लगायतका ठाउँहरुमा सतर्कता अपनाए सजिलै बच्न सकिने बताए ।

सामाजीक बिकास मन्त्रालय अस्पताल बिकास महाशाखाका निर्देशक डाक्टर उमाशंकर प्रसाद चौधरीले प्रदेश ५मा रहेका हेल्थडेक्सको अबस्था र भैरहको काम बारे जानकारी गराए । महाशाखाको तथ्याङ्क अनुसार विहिबारसम्म देशभर ९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परिक्षण गर्दा कुनै पनि संक्रमित भेटिएका छैनन् । यसैगरी प्रदेश ५ भित्र सोही मितिसम्म २ हजार ८ सय जनाको स्वास्थ्य परिक्षण गर्दा कुनै पनि संक्रमित व्यक्ति फेला नपरेको चोधरीले जानकारी गराए ।

कोरोना भाइरसका संक्रमितहरुमा देखिने प्रमुख लक्षणहरु श्वासप्रश्वासमा समस्या हुने, उच्च ज्वरो आउने तथा सामान्य रुँघा खोकिको जस्तै लक्षण देखा पर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनाल बताए ।

संक्रमित व्यक्तिको उपचारका लागि ८० प्रतिशत विरामीलाई घरमा नै राखेर सामान्य उपचारपछि निको हुने, १५ प्रतिशत विरामीलाई अक्सिजन थेरापी गराएपछि निको हुने तथा ५ प्रतिशत विरामीलाई मात्रै भेन्टिलेटर थेरापी गर्नुपर्नेहुँदा कोरोना लागे पनि आत्तिहाल्नु पर्ने अवस्था नआउँने  बताए ।

हालसम्म नेपालमा कोरोना संक्रमितको आशंका गरिएका १ जनाको उपचारपछि निको भैसकेको तथा एक जनाको कोरोना नै हो भन्ने एकिन नभएकोहुँदा सशंकित हुन जरुरी नभएको उनले उल्लेख गरे ।यसैगरी प्रादेशीक अस्पतालकै फिजिसियन डा. सुदर्शन थापाले हावाको माध्यमबाट रोग नफैलनेहुँदा निरोगी व्यक्तिहरुले मास्क लगाउनै पर्ने जरुरी नभएको सुझाव दिएका छन् ।

‘हाम्रो हातमा यदि किटाणुहरु छन् भने हामीले आँखा, मुख तथा नाकमा हात लैजाँदा मात्रै उनिहरु हाम्रो शरिरमा प्रवेश गर्ने हुन् ।’उनले अगाडी भने ‘निरोगी व्यक्तिहरुले मास्क नलगाएको नै राम्रो हुन्छ, मास्क लगायौं भने बारम्बार हाम्रो हात झन बढी मुखमा जान्छ जसले गर्दा संक्रमण हुने झन बढी सम्भावना हुन्छ ।’
संक्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजाने, स्यानेटाइजरको प्रयोग गरी बारम्बार हात धोईराख्ने तथा कसैसँग पनि हात नमिलाउन उनले सुझाब दिए ।

कार्यक्रम संञ्चालन स्वास्थ्य निर्देशनालयका नर्सिड अधिकृत थुमापुनले संञ्चालन गरेकि थिईन ।

सम्बन्धित शिर्षक :