प्रदेश ५मा १४ जनामा डेंगु फेला रुपन्देहीमा ११ जना

स्वास्थ्यसमाचार /मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी देखिएका छन। इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रदेशका अस्पतालहरुबाट २०२० जनबरी देखी मार्च १३ सम्म ३६ वटा डेंगुका बिरामी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार प्रदेश दुई र कर्णाली प्रदेशमा डेंगुको लक्षण भएका बिरामी देखिएका छैनन्।

प्रदेश ५ मा १४ डेंगुका बिरामी देखिएको छ यो मध्ये रुपन्देही जिल्लामा मात्रै ११ बिरामी देखिएका तथ्याकमा उल्लेख गरिएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :