नेकपा बुटवलद्धारा कोरोना सम्बन्धी घर घरमा सचेतना अभियान सुरु

स्वास्थ्यसमाचार /नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुटवलमा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । कोरोनाभाईसरले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको भन्दै नेकपा बुटवलले नगरका १९ वटै वडामा सचेतना अभियान सुरु गरेको हो ।

कोरोना भाईरसबाट जोगिनका लागि नेकपाले नगरभित्रका सबै शाखा र टोल कमिटीहरुलाई परिचालन गरी यस्तो अभियान थालेको उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले बताए ।

चैत्र १ गते १९ वटै वडाका टोल कमिटी र शाखा कमिटीहरुको बिस्तारित बैठकबाट सचेतना अभियान सन्चालन गर्ने निर्णयसँगै यो अभियान थालिएको पन्थीले बताए । सचेतनाका लागि जानकारीमूलक पर्चा बनाई घर घरमा वितरण सुरु गरिएको छ ।

कोरोना भाइरसबाट जोगिनका लागि पुर्व सतर्ककता अपनाउनुपर्ने ठहर सहित नगरका सबै वडामा स्थानीयलाई जनचेतना जगाउने काम थालिएको पन्थीले बताए ।

शनिवार बुटवल–२, ३, ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्बर शाखाका बैठकहरु सम्पन्न भएको नगर कमिटीका कार्यलय सचिव बालकृष्ण पाण्डेले वताए। उनले बैठकले कोरोना सम्बन्धी सचेतना कार्यक्रम र पार्टी सदस्यता नविकरण कार्य अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

नगर कमिटीले नोवेल कोरोना भाइरसका लक्षणहरु तथा यसबाट कसरी आफु र अरुलाई बचाउने भन्ने बारे सर्वसाधारणका लागि सचेतना मुलक सन्देशको पर्चा छापि वितरण गर्ने तयारी गरेको छ । नेकपाले बुटवल उपमहानगरभित्र १० हजार संगठित सदस्यहरुलाई परिचालन गरी अभियान चलाउन लागेको सचिव पाण्डेले बताए ।

अभियान अन्तर्गत शाखाका सबै टोल कमिटीहरुले कोरोना विरुद्ध सचेतना अभियान लिएर हरेक स्थानीयका घरघरमा पुग्ने र स्वस्थ रहनका लागि अभिप्रेरित गरिने छ ।

सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा जानकारीमुलक कार्यक्रम सञ्चालन गर्न नेकपा केन्द्रीय कमिटीले यसअघि निर्देशन दिएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :