दाँतको उपचार गर्न आएकी महिलाको मृत्यु युनिभर्सल कलेजमा तनाव

स्वास्थ्यसमाचार /दाँतको उपचार गर्न आएकी एक महिलाको मृत्यु भएपछि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ ।
नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको अस्पतालले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि समेत हातपात गरेका छन् ।
हातपातबाट चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीसहित २० जनाभन्दा बढी घाइते भएको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए ।
अहिले सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । मृतकका देवर धर्मबहादुर पुनले दाँतको उपचार गर्दा अस्पतालले ज्यान लिएको बताए ।

सम्बन्धित शिर्षक :