संकटको सामना स्वास्थ्यकर्मीको उच्च मनोवल र समर्पणबाट मात्रै सम्भव : मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले विश्व स्वास्थ्य दिवशको अवसरमा शुुभकामना सन्देश दिंंदै प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताएका छन्।

बरालले यो अवस्थामा प्रदेश सरकारले कोरोना भाइरस सतर्कताका काममा अघि बढेको उल्लेख गर्दै कोही पनि त्रसित नभई सचेत भई घरमै बसिदिन आग्रह गरेका छन।

मन्त्री बरालले संकटको सामना स्वास्थ्यकर्मीहरुको उच्च मनोवल र समर्पणबाट मात्रै सम्भव हुने शुभकामना सन्देशमा उल्लेख गरेका छन – ‘म सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई यस कठिन घडीमा आम समुदायको स्वास्थ्यको लागि दृढतापुर्वक आ–आफ्नो मोर्चामा खट्न अपिल गर्दछु । आम जनसमुदायलाई पनि सबै स्वास्थ्यकर्मीहरुको मनोवल र प्रतिष्ठा उंचो बनाउन अनुरोध गर्दछु ।’

शुभकामना सन्देशमा ‘कोरोना विरुद्धको लडाईमा छिट्टै सफलता पाऔं, विश्व स्वास्थ्य दिवशको अवसरमा शुभकामना’ मन्त्री बरालले उल्लेख गरेका छन । उनले कोरोना भाइरसबाट संक्रमित भई उपचाररत सबैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

सम्बन्धित शिर्षक :