तौलिहवा अस्पतालको आइसोलेशनमा उपचाररत एकको मृत्यु

स्वास्थ्यसमाचार / कपिलवस्तु अस्पतालको  कोरोना आशंकामा आइसोलेशनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ।

सोमबार साँझ ८ बजे बिजयनगर गाउँपालिका जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर किशोर बञ्जाडेले जानकारी दिए ।

कोरोना संक्रमणको आशंका गरिएका ति बिरामीको स्वाव परिक्षणका लागि आजै संकलन गरिए पनि मंगलबार मात्रैै बुटवल ल्याउने तयारीमा रहेको थियो ।

उनी गम्भिर बिरामी परेपछि कोरोनाको आशंकामा चैत्र २१ गते कपिलवस्तु अस्पतालमा भर्ना गरिएको थियो । उनको के कति कारणले मृत्यु भएको हो पुष्टि हुन बाँकी रहेको कपिलवस्तु अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :