संकटकोवेला अस्पताल नआउने ५ जना चिकित्सक जागिरै चट

संकटको बेला अस्पतालमा नआउने जोसुकैलाई पनि कारवाही : मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्सकहरुलाई कारवाही प्रकृया शुरु गरेको छ । मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको हो।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले भने विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको बताए । खनालले रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको बताए ।

उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका कारण हटाईएको डा. खनालले बताए । हटाईएका चिकित्सकहरु करारमा नियुक्त हुन ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामो सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए।

कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने मन्त्री बरालले बताए । मन्त्रालयले प्रदेशसमा रहेका सबै अस्पतालहरुको दैनिक हाजीरी बिवरण माग गरेको र गयल भएकाहरुलाई स्पष्टिकरण सोधेर हटाउने सम्मको कारवाही थालेको मन्त्री बरालले बताए ।

सम्बन्धित शिर्षक :