स्वास्थ्य मन्त्रालयले प्रदेश ५मा डा रमेश खरेलको नेतृत्वमा जनशक्ति र सामग्री टोली खटायो

प्रदेश ५ मा डा रमेश खरेल, केशव पण्डित र रविकान्त मिश्र

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना रोकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन गर्न ११ औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ।

टोलिले खटाइएको प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन दिने बताइएको छ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टोलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएको हो।

टोलिले उपचारका लागि तोकिएको सरकारी वा निजी अस्पतालले आफ्नो जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका रुपमा वा करार सेवाबाट लिने व्यवस्था मिलाउने काम गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्रालयले प्रदेश ५ मा डा रमेश खरेल, केशव पण्डित र रविकान्त मिश्रकोे टोली पठाउने निर्णय गरेको छ।

सम्बन्धित शिर्षक :