कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वयंसेविका परिचालन गर्ने

स्वास्थ्यसमाचार/ कोरोनाविरुद्धको अभियानमा सरकारले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।

सम्बन्धित शिर्षक :