दुई महिने शिशु पनि कोरोना संक्रमित नेपालमा संक्रमितको संख्या ९९

बिरगञ्जमा एकै परिवारका १० जनालाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/नेपालमा थप १७ जना कोरोना भाइरस का संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

उनीहरू आइतबार भेटिएका वीरगञ्ज महानगरपालिका९३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषका परिवारका सदस्यहरू हुन् ।

थपिएका संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल ल्याउने तयारी छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

सम्बन्धित शिर्षक :