क्वारेन्टाइनमा योग प्रशिक्षण गराउदैै :लुम्बिनी आयुर्वेद चिकित्सालय

रुपन्देहीका १६ क्वारेन्टाइनमा योग प्रशिक्षण गराउने

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयले रुपन्देहीका ४ वटा स्थानिय तहका क्वारेन्टाइनमा रहेकाहरुलाई योग प्रशिक्षण दिएको छ ।

प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार क्वारेन्टाइनमा रहेकालाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रशिक्षण गरिएको हो।

लुम्बिनी आयुर्वेद चिकित्साललका वरिष्ठ कविराज गणेश सापकोटाले रुपन्देहीका ४ वटा पालिकाका क्वारेन्टाइनमा रहेकामानिसहरु रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रशिक्षण गरिएको वताए ।

उनले क्वारेन्टाइनमा रहेका वा बाहिर रहेका सबैको दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, समान्य लक्षणको उपचार, अनिद्रा आएमा केगर्ने लगायतका विषयमा विभिन्न सहभागीहरुलाई प्रशिक्षण गरेको वताए ।

सापकोटाले रुपन्देहीका तिलोत्तमा नगरपालिका देवदह नगरपालिका कोटहिमाई गाउँपालिका र मायादेबि गाउँपालिकाम यो अभियान संञ्चालन गरिएको बताए । उनले क्वारेन्टाइनमा रहेकाहरुलाई प्रत्येक बिहान चिया पिउन गुर्जो, जेष्ठ नागरिकहरुको लागि असोगन्धा चुर्ण, प्रसुति स्त्रीको लागि सतावरी चुर्ण लगयतका आयुर्वेदिक औषधीहरु समेत पालिकाका प्रमुखहरुलाई उपलब्ध गराएको बताए ।

दैनीक क्वारेन्टाइनमा रहेकालाई यो खुवाउने र अरुलाई पनि खान सल्लाह दिएको बताए । क्वारेन्टाइनमा रहदा तनाब हुने ईमिनियुटी पावर कमीहुने अनाबश्यक चिन्तन गर्ने जस्ता काम नहोस भनेर योगा नाचगान लगायतका कार्य गराएको बताए ।

त्यसै गरी लुम्बिनी आयुर्वेदीक चिकित्सालयका योग प्रशिक्षक विष्णुहरि आचार्यले आत्मबल बढने, शरीरमा रोग प्रतिरोधक क्षमता बढने, तनाव कम हुने, विचार शुद्ध हुने आदि विभिन्न किसिमका क्वारेन्टाइनमा रहकोहरुलाई योग प्रशिक्षण गराएको वताए ।

पालिका मेयर अध्यक्ष प्रमुख कार्यकारी अधिकृत पालिका आयुर्वेद चिकित्सालयका प्रमुख सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायको सहभागि रहेको वरिष्ठ कविराज सापकोटाले बताए ।

पालिका प्रमुखहरु बोल्दै आहारविहार तथा पहिलेको आहार विहारमा धेरै बदलाव आएकोले मानिसहरुमा रोग प्रतिरोधक क्षमता धेरै न्यून रहेको बताए । उनले भने ‘मानिस जति विद्धान भए पनि आफ्नो शरीरको आवश्यकता तथा क्षमताबारे जानकारी हुनु आवश्यक रहेको बताए ।

अहिले कोरोनको संक्रमण उसैमा धेरै प्रभाव देखिएको छ जसमा रोग प्रतिरोधक क्षमता कम भएको छ जसको कारण राम्रो खानपान नहुनु भएकोले सबैले ध्यान दिनुपर्ने बताए । रुपन्देहीमा १६ क्वारेन्टाइन रहेका छन ।

सम्बन्धित शिर्षक :