प्रदेश ५मा कोरोना संक्रमितको संख्या २६, नेपालमा १०१ पुग्यो

वाके २३ कपिलबस्तु २ रुपन्देही १ जनामा कोरोना संक्रमित

स्वास्थ्यसमाचार/ प्रदेश नं ५को कपिलवस्तुमा दुईमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुका १६ र २२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ । यो संगै प्रदेश ५मा २६ जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ ।

छत्रपाली तिर्था देवि मा वि पकडीको क्वारेन्टाईमा रहेका थिए । उनीहरु दुबै जना भारतको मुम्बईबाट आएका थिए । उनिहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए ।

हिजो वीरगञ्जमा १७ जनालाई कोरोना पुष्टि भएको थियो । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।निको भएर २२ जना घर फर्किएकामध्ये तीन जनालाई पुनःसंक्रमण भई अस्पताल ल्याइएको छ ।

पाटनमा उपचार गरि बैशाख ११ गते डिस्चार्ज भएका ५८ वर्षका पुरुष र बैशाख १४ गते वीरगञ्जअस्पतालबाट डिस्चार्ज भएका ४४ र १९ वर्षका पुरुषलाई पुनःसंक्रमण देखिएको हो । काठमाडौंका ५८ वर्षका पुरुष सनसिटी अपार्टमेन्टका हुन ।

सम्बन्धित शिर्षक :