स्वास्थ्य सेवामा खटिएकासबै लाई जोखिम भत्ता :स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जोखिमका बेला खटिएका कुनैपनि स्वाथ्यकर्मीलाई विभेद नगरिने वताए ।मन्त्रालयमा ज्ञापन पत्र बुझाउन गएको स्वास्थ्यकर्मीको टोलीलाई सम्बोधन गर्दै मन्त्री ढकालले विपदमा खटिने सबै स्वाथ्यकर्मीको सरकारले उचित मूल्यांकन गर्ने वताए ।

’विपदमा फिल्डमा खटिने तपाईहरु सबैको उचित मूलांकन हुन्छ ढुक्क भएर काम गर्नुहोस मन्त्री ढकालले भने । सरकारले जारी गरेको जोखिम भत्ता निर्देशिकामा आफूहरुलाई विभेद भएको भन्दै स्वास्थ्यकर्मीहरु ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका थिए ।

यसअघि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा विभाग पुगी महानिर्देशक समक्ष पनि ज्ञापन पत्र बुझाएको थियो । विभागका महेन्द्रप्रसाद श्रेष्ठले पनि जोखिमका बेला खटिएका सबै स्वास्थकर्मीलाई जोखिम भत्ताको व्यवस्था हुने वताए ।

स्वास्थ्य सेवा विभागमा ध्यानाकर्षण गराउन गएका स्वास्थ्यकमीहरुसँग कुरा गर्दै महानिर्देशक श्रेष्ठले प्रत्यक्ष कोरोनाको उपचारमा मात्र नभई अहिलेको समयमा सबै स्वास्थ्य सेवामा खटिएकाहरुलाई जोखिम भत्ताको व्यवस्था हुने जानकारी वताए ।

नेपाल स्वास्थ्य प्राविधिक संघको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली महानिर्देशकलाई ज्ञापन पत्र बुझाउन गएको थियो।ज्ञापन पत्र बुझेपछि टोलीलाई आश्वस्त पार्दै महानिर्देशक श्रेष्ठले भने निर्देशीकामा केही कमी कमजोरी भए होला, तपाईहरु ढुक्क हुनुहोस सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था हुन्छ।

सरकारले यही बैखाश १८ गते कोरोना भाइरस रोगबाट संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई लक्षित गर्दै जोखिम भत्ता निर्देशीका पारित गरेको थियो । कोरोना विरुद्धको अभियानमा लागेका सम्पूर्ण स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने भएका छन् ।

यसरी ध्यानाकर्षण गराउने चिकित्सकहरुमा डा. दीपेन्द्र पाण्डे, डा. सन्जितकुमार साह, डा. सुमन काफ्ले, डा. कीर्तिपाल सुवेदी, डा. कालुसिंह खत्री, डा. तोषिमा कार्की, डा. रोशन भगत, डा. टेकेन्द्र चौलागाई, डा. छवि पन्थी, डा. अमन न्यौपाने, डा. अमित उप्रेती, डा. उत्सव तिमिल्सिना, डा. रिम्मी बराकोटी र डा. कुमुद भट्टराई रहेका छन् ।

सम्बन्धित शिर्षक :