नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ ,नेपालमा १०२ पुग्यो

निको भएर घर जानेको संख्या ३० पुग्यो

स्वास्थ्यसमाचार/नेपालगञ्जमा थप एक जनालाई कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । १६ वर्षका पुरुषलाई संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

नेपालगञ्जमा मात्रै २४ जनामा कोरोना संक्रमण देखिएको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

शुक्रबार विराटनगरबाट ६ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट घर गएका छन् । यो सँगै निको भएर घर जानेको संख्या ३० पुगेको छ ।

सम्बन्धित शिर्षक :