असार १ गतेदेखी मुटुअस्पतालमा डायलाईसिस सेवा बन्द

स्वास्थ्यसमाचार/ सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ ।

विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो ।विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम भुक्तानी नगर्दा अस्पतालले दिएको डायलाईसिस सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको वताए ।अध्यक्ष आलमले तिन तहका सरकारका विचमा अस्पतालहरुको नविकरणका विषयमा भएको अलमलका कारण ११ महिना वितिसक्दा पनि रकम निकासा हुन नसकेको वताए ।

विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि अस्पताल सूचिकृत भई २०७३ साल पुष १७ गतेदेखि निशुल्क डायलाईसिस सेवा संचालन गर्दै आएको थियो ।

हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलाईसिस सेवा लिंदै आएका छन् ।

त्यो संगै चालु आर्थिक वर्षको ११ महिनामा विपन्न वर्गका २ सय ६३ विरामीले सहुलियतमा मुटुको उपचार सेवा लिएका छन् । तर सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिएका कारण डायलाईसिसको लागि आवश्यक डाइलाईजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुला लगायतका सामग्री उपलब्ध गराउंदै आएका सप्लायर्सले समेत उपलब्ध गराउन बन्द गराएपछि असार १ गतेदेखि सेवा बन्द गर्न बाध्य भएको अध्यक्ष आलमले वताए ।

सम्बन्धित शिर्षक :