१२ दिनमा कोरोना मुक्त भए धुर्काेट गाउँपालिकाका अध्यक्ष पोखरेल

स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कोरोना जितेका छन् । जेठ १२ गते कोरोना पुष्टि भएसङै एकान्तबास बस्दै आएका पोखरेलले कोरोना जितेका छन। उनले घरमै बसी कोरोना जितेपछि कोरोना पोजेटिभ देखिदैमा सबैजनालाई आइसोलेसन र अस्पताल आवश्यक नपर्ने सन्देश मिलेको छ ।

कोरोना देखिएपछि सार्वधिक चासो र चर्चामा रहेका पोख्रेलले अन्तत १२ दिनमा कोरोना जितेका हुन् । शनिबार सहित दुई पटक उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले वताए ।

तातोपानी, नुन, बेसार, गुर्जो जस्ता गाउँघरे औषधी मात्रै आफुले खाएको अध्यक्ष पोखरेलले  बताए । कोरोना घरमै बसेर जित्न सकिने आफुले अनुभव गरेको उनको भनाई छ । अस्पतालमा १५ दिनमा ठिक हुनेमा घरमा बस्दा १० दिनमै निको हुने उनले बताए । घरमा बस्दा घरपरिवार र समाजले नै मनोबल बढाइदिने उनको तर्क छ ।

घरमा सन्तुलित खाना र सरसफाई हुने हुदा पनि कोरोना लाग्दैमा सबैजना आइसोलेसनमा जानै पर्ने आफुले नदेखेको उनले बताए । म पालिकाकै निवासमा बसे उनले भने, ७ मेरो दिनमै रिर्पोट नेगेटिभ आएको थियो ।

साथै गुल्मी जिल्लाका विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधि सहित १ सय ६४ जनाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अन्य ४७ जनाको पिपिआर परिक्षणका लिईएको नमुना पेन्डिङमा रहेको छ ।

गुल्मीमा पाँच जनामा कोरोना पुष्टि भएको छ ।अध्यक्ष पोख्रेल सहित गुल्मीमा दुई जनाले कोरोनालाई जितेका छन भने दुई जनाको उपचार भइरहेको छ । गुल्मीका एक जनाको कोरोनाका कारण निधन भएको छ ।

सम्बन्धित शिर्षक :