लुम्बिनी प्रादेशिक अस्पताल लाई पुर्वाधार बिकासका लागी वाटो खुल्यो

स्वास्थ्यसमाचार /भौतिक पुर्वाधारको अभावमा पर्याप्त भबन बिस्तार गरि स्वास्थ्य सेवा प्रवाह गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई अव त्यो समस्या समाधान भएको छ । लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कठ्ठा जग्गा पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो । संघिय सरकारको मन्त्रिपरिषद बैठकले अस्पतालको भौतिक पुर्वाधार बिस्तारका लागि नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा अस्पताललाई दिने निर्णय गरेको थियो । जग्गा अभावमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल सरकारले…

बुटवलमा सुत्केरी र जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार /कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगर पालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण सुचारु गरेको छ । लकडाउन (बन्दाबन्दी) मा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो । बुटवलले आव ०७५/७६ देखि नै मुलुककै नमुना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो । बुटवलले मुलुकमै पहिलोपटक सुरु गरेका मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता विकास कार्यक्रम संगै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अर्को नमुना र…

कोरोना संक्रमणबाट अर्घाखाँचीमा थप एकजनाको मृत्यु

स्वास्थ्यसमाचार /अर्घाखाचीको मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय यमप्रसाद खनाल  मा कोरोना पोजेटिभ पुष्टि भएको छ। मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा भारत बाट १४ दिन अघि आएर क्वारेन्टाइनमा बसेका खनालको रहेका छन । जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षणका लागी पठाइएको स्वाब भेटिएको थिएन, र उनको स्वाब गएराति पुन संगलन गरी पठाएको स्वाब पोजेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापाले बताईन । श्वासप्रश्वासको समस्या भएपछि उनलाई उपचारको लागि बुधबार…

२ महिनासम्म अनुपस्थित डाक्टरलाई मन्त्रालयको ७ दिने अल्टिमेटम

स्वास्थ्यसमाचार / प्रदेश ५ समाजीक बिकास मन्त्रालयले रुपन्देहीको शुद्धोधन गाउँपालिका मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएको मेडिकल अधिकृत डा सीमा शर्मालाई ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो । बिना जानकारी दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो । कोरोना महामारीको संकटको घडीमा यसको रोकथाम, नियन्त्रण र उपचारमा थप जिम्मेवार भएर खटिनुपर्नेमा डा। शर्मा चैत १८ गतेदेखि हालसम्म विना जानकारी अनुपस्थित भएको मन्त्रालयले जनाएको छ । सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा ९५० वमोजिम…

रोटरी क्लब बुटवल द्धारा प्रदेश ५ सरकारलाई ५ थान पिसीआर किड

स्वास्थ्यसमाचार /रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना नियन्त्रण तथा परिक्षणका लागि आवश्यक सामाग्री निशुल्क प्रदान गरेको छ । क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुली, डा. सागर पौडेलको टोलीले ५ सय थान पिसीआर किड तथा १ हजार थान स्वाव कलेक्सन लिडसहितका सामाग्री मन्त्री बराललाई बुझाएको हो । सो अवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परिक्षणका लागि सामाग्रीको…

तिलोत्तमा नगरपालिका द्धारा २० वेडको आइसोलेसन सेन्टर सञ्चालन

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत् शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् । बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइनसकेका…

सन्धिखर्क नगर उपप्रमुख ठाकुर विक  सहित २९ जना कोराना सक्रमित

गणेश खनाल जेठ २६ अर्घाखाँची / सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका वाडनम्वर १ का एक जना,६ नम्बर वाडका १२ जना,७ नम्वरवाडका १६ जना,सितगगा नगरपालिका १ जना र पाणिनि गाउपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको जानकारी दिईन । अर्घाखाँचीका यो सगै ३५ जनामा सक्रमण भएको छ । १ जना भारतबाट जिल्ला आउदै गर्दा मृत्यु भएको थियो । ४ जना सक्रमण सनपामा रहेको क्वारेन्टाइन रहेको र आज सक्रमण भएकालाई पनि सन्धिखर्कको…

८वर्षीया बालिकासहित नौ जनाले बुटवलबाट कोरोना जितेर फर्किए

स्वास्थ्यसमाचार /बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो ।   कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गरे । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले वताए । घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गर्दै उनले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह…

१२ दिनमा कोरोना मुक्त भए धुर्काेट गाउँपालिकाका अध्यक्ष पोखरेल

स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कोरोना जितेका छन् । जेठ १२ गते कोरोना पुष्टि भएसङै एकान्तबास बस्दै आएका पोखरेलले कोरोना जितेका छन। उनले घरमै बसी कोरोना जितेपछि कोरोना पोजेटिभ देखिदैमा सबैजनालाई आइसोलेसन र अस्पताल आवश्यक नपर्ने सन्देश मिलेको छ । कोरोना देखिएपछि सार्वधिक चासो र चर्चामा रहेका पोख्रेलले अन्तत १२ दिनमा कोरोना जितेका हुन् । शनिबार सहित दुई पटक उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले वताए । तातोपानी, नुन, बेसार, गुर्जो जस्ता गाउँघरे औषधी मात्रै आफुले खाएको अध्यक्ष पोखरेलले  बताए ।…

तिलोत्तमाका स्वास्थ्य चौकीहरुलाई पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई

स्वास्थ्यसमाचार / रुपन्देही तिलोत्तमा नगरपालिकाले, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलको लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ । कोभिड—१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउने बताए । स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार,…