आयुर्वेद औषधी उत्पादक संघद्धारा ज्याकेट र च्यावनप्राश हस्तान्तरण

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधी उत्पादक संघले आइसोलेसन तथा कोरिन्टाइनमा गएर फ्रन्ट लाइनमा काम गर्ने आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ ज्याकेट र कोरोना पीडितका लागि च्यावनप्राश हस्तान्तरण गरेको छ ।

प्रदेश ५का सामाजिक मन्त्री सुदर्शन वराललाई आयुर्वेदिक औषधी उत्पादक संघले हस्तान्तण गरेको हो। साम्रागी हस्तानतण कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ सरकारले आयुर्वेदलाई प्राथामिकतामा राखेर काम गरेको बताए ।

उनले अहिले प्रदेश ५मा कोरोनाका बिरामीलाई पनि यो आयुर्वेद औषधी ब्यायम योग लगायका माध्यमबाट उनीहरुको उपचार गरिरहेको बताए ।मन्त्री बरालले आइसोलेसन तथा कोरिन्टाइनमा रहेर्का आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ पहिचान हुने ज्याकेट र कोरोना संक्रमितलाई इम्युनिटी बढाउन च्याबनप्राश उपलब्ध गराएकोमा धन्यबाद दिदै कोरोना उपचार नियन्तणमा सहयोगी भएको बताए ।

कार्यक्रममा आयुर्वेदिक औषधी उत्पादक संघका उपाध्यक्ष रामचन्द्र पन्थीले आयुर्वेदको अबस्था र यसका फाईदाका वारे जानकारी गराएका थिए । कार्यक्रममा सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमासंकर चौधरी सामाजीक बिकास मन्त्रालय आयुर्वेद महाशाखाका प्रमुख प्रमुख डा पुष्पराज पौडेल लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा नलिन नाथ तिवारी औषधी उत्पादक संघका सल्लाहकार सुरज भट्टराई लगायतका सहभागी रहेका थिए कार्यक्रम संञ्चालन नेपाल आयुर्वेदिक औषधी उत्पादक संघका सचिब चन्द्रकान्त खनालले गरेका थिए ।

सम्बन्धित शिर्षक :