भिम अस्पताल बाट २५ जना कोरोना जितेर घर फर्किए

समाजीक बिकास मन्त्री वरालले गरे फुल र खादा ओडाई बिदाई

स्वास्थ्यसमाचार भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोनासंक्रमित २५ जना निको भएर घर फर्किएका छन ।

रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका मेसु डा नबिन दर्नालले वताए ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरे । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गरे ।कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी उपचारको ब्यवस्था गरेका छौँ मन्त्री बरालले भने, उनिहरुलाई माया र सद्भाव गर्नुपर्दछ ।

बिदाई अबसरमा प्रदेश सभाषद सन्तोष कुमार पान्डेय समेत उपस्थित रहेका थिए ।डिस्चार्ज भएका बिरामीहरुले हर्षित हुँदै भिम अस्पतालका कार्यरत चिकित्सकलाई धन्यवाद दिँदै नाच गान गर्दै बिदा भएका थिए ।योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको छ ।भने प्रदेश ५मा कोरोना संक्रमितको संख्या ५६८ पुगेका छन ।मृत्यु हुनेको संख्या २ रहेको छ ।

सम्बन्धित शिर्षक :