प्रदेश ५ सरकारले २ वटा शव बाहन एम्बुलेन्स खरिद गर्ने

कोरोना संक्रमणवाट मृत्यु भएमा मृतकको परिवारलाई रु १ लाख राहत

स्वास्थ्यसमाचार/प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न शव बाहन एम्बुलेन्स खरिद गर्ने भएको छ । प्रदेशका २ जिल्ला रुपन्देही र वाँकेमा कोरोना संक्रमिति भई मृत्यु भएकाको दाह संस्कारमा समस्या परेपछि शव वाहन खरिद गर्ने निर्णय गरेको हो ।

बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो ।

प्रदेशका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको वताए अस्पतालका लागि शव बाहन प्रयोग भएपनि शव बहानको रेखदेख र नियमित संचालन बांकेमा नेपालगन्ज उपमहानगरपालिका र दाङमा तुलसीपुर उपमहानगर पालिकाले गर्ने गरि ब्यवस्था मिलाईएको मन्त्री चौधरीले वताए ।

यस्तै प्रदेश सरकारले कोरोना भाइरस उपचारको कोषको खर्च गर्ने कार्यबिधि संसोधन गरेको बताए ।प्रदेश ५ मा छिमेकी मुलुकबाट फर्केका नेपाली तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको गतिबिधिलाई संप्रेषण गर्न आन्तरिक मामीला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको मन्त्री चौधरीले वताए ।

यस्तै प्रदेश ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

सम्बन्धित शिर्षक :