डाक्टर माथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकद्धारा प्रर्दशन

स्वास्थ्यसमाचार/नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकहरुले प्रर्दशन गरेका छन ।

घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।बुटबलमा लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल, तथा बुटबलका अन्य सरकारी निजी अस्पतालहरुका चिकित्सकले चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन्।

यस क्षेत्रका करिब ६० जना चिकित्सकहरुको सहभागीतामा भएको प्रर्दशनमा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले चिकित्सकमाथि भएको दुर्रब्यवाहर प्रति कडा आलोचना गर्दे घटनाको छानबिन गरि यथासिघ्र कावार्हि गर्न माग गरे ।

डा खनालले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि लाई सुरक्षाको प्रत्याभुति दिलाउन कुनै कसर बाकी नराख्ने बताए ।उक्त प्रर्दशन नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका महासचिब डा सन्तोष पोखरेलले चिकित्सकहरुको पेसागत सुरक्षा राज्यले दिलाउनु पर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल प्रागडमा भएको उक्त प्रर्दशन डा रुद्र भन्डारीे र डा योगेश पान्डेलेले संञ्चालन गरेका डा सम्राट पराजुलीले बताए । जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।

सम्बन्धित शिर्षक :