२ महिनासम्म अनुपस्थित डाक्टरलाई मन्त्रालयको ७ दिने अल्टिमेटम

स्वास्थ्यसमाचार / प्रदेश ५ समाजीक बिकास मन्त्रालयले रुपन्देहीको शुद्धोधन गाउँपालिका मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएको मेडिकल अधिकृत डा सीमा शर्मालाई ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो ।

बिना जानकारी दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो ।
कोरोना महामारीको संकटको घडीमा यसको रोकथाम, नियन्त्रण र उपचारमा थप जिम्मेवार भएर खटिनुपर्नेमा डा। शर्मा चैत १८ गतेदेखि हालसम्म विना जानकारी अनुपस्थित भएको मन्त्रालयले जनाएको छ ।

सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा ९५० वमोजिम डा शर्मासंग गरिएको करार सम्झौता रद्द गर्न स्वास्थ्य सेवा विभाग पठाउने व्यहोरा मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको पत्रमा उल्लेल गरिएको छ ।
निर्देशिका वमोजिक कारवाही गर्नु नपर्ने भए कारणसहित सात दिनभित्र सम्बन्धित निकायमा उपस्थित हुन मन्त्रालयले डा शर्मालाई अल्टीमेटम दिएको छ। उक्त मितिमा उपस्थित नभए निर्देशिका र अन्य प्रचलित कानून अनुसार कारवाही गरिने मन्त्रालयको पत्रमा जनाइएको छ ।

सम्बन्धित शिर्षक :