सन्धिखर्क नगर उपप्रमुख ठाकुर विक  सहित २९ जना कोराना सक्रमित

जनताको सेवामा जादा कोराना संक्रमित भए जनताकै सुेवामा छु :विक

गणेश खनाल

जेठ २६ अर्घाखाँची / सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका वाडनम्वर १ का एक जना,६ नम्बर वाडका १२ जना,७ नम्वरवाडका १६ जना,सितगगा नगरपालिका १ जना र पाणिनि गाउपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको जानकारी दिईन ।

अर्घाखाँचीका यो सगै ३५ जनामा सक्रमण भएको छ । १ जना भारतबाट जिल्ला आउदै गर्दा मृत्यु भएको थियो । ४ जना सक्रमण सनपामा रहेको क्वारेन्टाइन रहेको र आज सक्रमण भएकालाई पनि सन्धिखर्कको क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

सनपा उपप्रमुखले आफु जनताको सेवामा जादा लागेको भन्दै बाकि समय पनि जनता लागि नै सदुप्रयोग गर्ने बताए। हाल भेटिएका सक्रमित सम्पर्क पहिचाहनमा रहेको जनाईएको छ । सबै जना क्वारेन्टाइन रहेका छन्

सम्बन्धित शिर्षक :