कोरोना संक्रमणबाट अर्घाखाँचीमा थप एकजनाको मृत्यु

स्वास्थ्यसमाचार /अर्घाखाचीको मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय यमप्रसाद खनाल  मा कोरोना पोजेटिभ पुष्टि भएको छ।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा भारत बाट १४ दिन अघि आएर क्वारेन्टाइनमा बसेका खनालको रहेका छन ।

जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षणका लागी पठाइएको स्वाब भेटिएको थिएन, र उनको स्वाब गएराति पुन संगलन गरी पठाएको स्वाब पोजेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापाले बताईन ।

श्वासप्रश्वासको समस्या भएपछि उनलाई उपचारको लागि बुधबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । अर्घाखाँचीमा मृत्यु  हुने संगै संक्रमित संख्या ३७ पुगेको छ ।

सम्बन्धित शिर्षक :