लुम्बिनी प्रादेशिक अस्पताल लाई पुर्वाधार बिकासका लागी वाटो खुल्यो

वन कार्यलयको १ विगाह ४ कट्ठा भन्दाबढी जग्गा अस्पतालको नाममा

स्वास्थ्यसमाचार /भौतिक पुर्वाधारको अभावमा पर्याप्त भबन बिस्तार गरि स्वास्थ्य सेवा प्रवाह गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई अव त्यो समस्या समाधान भएको छ ।

लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कठ्ठा जग्गा पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो । संघिय सरकारको मन्त्रिपरिषद बैठकले अस्पतालको भौतिक पुर्वाधार बिस्तारका लागि नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा अस्पताललाई दिने निर्णय गरेको थियो ।

जग्गा अभावमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल सरकारले वन कार्यालयको जग्गा दिने निर्णय गरेको छ ।बैठकले वन तथा वातावरण मन्त्रालय मातहत रहेको बुटवलको नयाँ बसपार्क र लुम्बिनी प्रादेशिक अस्पतालको बिचमा रहेको वन कार्यालयको लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको हो ।

वन कार्यालयकको नक्शामा १ बिगाहा ४ कठ्ठा २ दशमलव २ धुर जग्गारहेकोले सोही जग्गा लुम्बिनी प्रादेशिक अस्पतालले पाउने छ ।लुम्बिनी प्रादेशिक अस्पताललाई बिस्तार एवं स्तरोन्नती गर्ने काममा यो निर्णयले धेरै राहात पुग्ने विश्वास लिइएको छ ।

अस्पताललाई प्राप्त हुने जग्गामा छुटै गुरुयोजना बनाएर नयाँ संरचना निर्माण गरिने अस्पतालले जनाएको छ । बसपार्क देखि साबिकको ब्लड बैंक सम्मको क्षेत्रमा हालै प्रदेश सरकारद्वारा स्विकृत गुरुयोजना अनुसार अत्याधुनिक सुबिधा सहितको अस्पतालको व्यवसायी भवन बन्नेछ ।जसको डिपिआर बनाउन शुरु गरिएको छ ।

यस अस्पताललाई निम्न आय भएका जनताको भरेसाको केन्द्र बनाउने सोच सहित अस्पतालले करिव ८ अर्व हाराहारीको लागतमा अत्याधुनीक सुबिधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरेको अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्रराईले वताए ।
अस्पताललाई दिने निर्णय गरिएको स्थानमा ईलाका प्रशासन कार्यालय सन्चालनमा रहेको छ ।

लुम्विनी प्रादेशिक अस्पतालका लागि उक्त बन कार्यालयको जग्गा दिए बापत बुटवल उप महानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा बन कार्यालयका उपलब्ध गराउनु पर्ने छ ।

अस्पतालका अध्यक्ष भट्रराईले वन कार्यालयकको जग्गा प्राप्ति संगै अस्पतालको बिकासका लागि थप सहज भएको वताएका छन।लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले २०७२ सालदेखि अड्केको फायलको प्रक्रिया अगाडी बढाएर अस्पतालको नाममा जग्गा प्राप्त हुनु खुसीको करा भएको बताए ।

उनले ५ बर्ष देखि बन मन्त्रालयमा अड्केको फायल पुर्व अर्थमन्त्री बिष्णु पौडेलको पहलमा अगाडी बढेको बताउंदै अस्पतालको बृहत्तर बिकासकालागि पौडेल सहित मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सरकारबाट पनि बिशेष सक्रिय पहलकदमी भएको बताए ।

२०७२ सालमा अस्पताल बिकास समितीको अध्यक्ष डाक्टर प्रायश्चित श्रेष्ठ र मेसुमा डां खनालको कार्यकालमा बनको जग्गा प्राप्तीका लागि नेपाल सरकारमा प्रस्ताव पेश भएको थियो ।मन्त्रिपरिषदको निर्णयले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडी बढाउन मार्ग प्रसस्त भएको डाक्टर खनालले बताए ।

सम्बन्धित शिर्षक :