चिकित्सकलाई हातपात गर्ने दोषि माथि कडा कारवाही गर : चिकित्सक संघ लुम्बिनी

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले कपिलवस्तु अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुबर््यवहारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा इन्द्र ढकाल तथा महासचिव डा सन्तोष पोखरेलले एक विज्ञप्ती जारी गर्दै कपिलवस्तु अस्पतालमा चियाले जलेर उपचारका लागि ल्याइएकी एक बर्षीय बालिकाको निधनपछि चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरेका छन । विज्ञप्तीमा जिल्ला प्रशासनमा दिइएको निवेदनमाथि पनि तुरुन्त सुनुवाईको माग गरिएको छ । ‘घट्ना पश्चात जिल्ला प्रशासनमा अस्पताल प्रशासनले बुझाएको निवेदन उपर पनि छिट्टै कारवाही गर्ने आश्वासन पाए पनि एक हप्ता बितिसक्दा पनि कुनै कारवाही अगाडी नवढेकोमा…

कोभिड–१९ नेपालको स्वास्थ्य प्रणालीलाई चुनौती कि अवसर ?

डा. तुल्सी राम भन्डारी सन् २०१९ को डिसेम्वर अन्त्य तिर चीनको हुवेइ प्रान्तको वुहान शहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । बिस्तारै यो रोग चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चितकारण निदान हुन सकेन र उपचार गर्दा पनि सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो । उक्त रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै गयो । फेब्रुअरी ११, २०२० मा International Committee on Taxonomy of Viruses (ICTV) ले यस रोगको कारण सार्स कोरोना भाइरस–२ (SARS-COV-2) भएको विधिवत घोषणा ग¥यो । यो नयाँ प्रजातिको…

बुटबलमा कोरोना बाट कपिलबस्तुका ४२ बर्षीय पुरुषको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कपिलवस्तुका ४२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती संक्रमित तीनदिन देखि अस्पतालमा उपचार गराइरहेका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ४२ वर्षीय ती पुरुषलाई आइसीयूमा भर्ना गरेर उपचार जारी थियो । बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ…

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

डा लुना भट्ट, भाइरोलोजिष्ट/ कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै समय भीडभाडमा बस्न हुँदैन।जतिखेर पनि साबुन पानी उपलब्ध नहुने भएकाले स्यानिटाइजर गोजीमा राखेर हिँड्नुपर्छ। पैसा वा अन्य सामान चलाउँदा स्यानिटाइजर दल्नुपर्छ। कहीँ पनि बस्दा स्यानिटाइजर भएको टिस्यु पेपरले पुछेर बस्नुपर्छ। भीडभाडमा बसेर…

प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा चौधरीलाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकरप्रसाद चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । डा चौधरीलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश रोक लगाईएको छ । कोरोना बिरुद्धको अभियानमा सक्रिय सहभागी डा चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको र अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ । डा चौधरीले आफूलाई कोरोना संक्रमण भएकोले घरमै आईसोलेसनमा बसेको बताएका छन। संक्रमण पुष्टि भएपछि…

लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड -१९ को रिर्पोट ३० मिनेटमै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड–१९ को द्रुत परिक्षण सेवा शुरु भएको छ ।आकस्मिक उपचारमा आउने विरामीहरुलाई लक्षित गरि सो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । आज प्रदेश ५का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उक्त मेशिनबाट आफ्नै स्वाव परिक्षण गरि सेवा शुभारम्भ गरे ।यो सेवासंगै सुरु भएपछि अस्पतालमा आउने कोरोना भाईरससंग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज बताए । चिकित्सकहरुमा कोरोना संक्रमण समेत कम हुने मन्त्रीको भनाई छ । ‘चिकित्सकको जोखिम न्युनिकरणमा सहयोग मिल्ने छ ।मन्त्री बरालले भने । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई…

कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द ,स्वास्थ्यकर्मी आन्दोलनमा

स्वास्थ्यसमाचार/ कपिलवस्तु अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा उपचाररत बिरामीको मृत्यु पछि आफन्तले स्वास्थ्यकर्मीमाथि गरेको दुव्र्यवहारपछि आकस्मिक बाहेकका सेवा ठप्प गरिएको छ । साउन २४ गते शनिवार एक वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएपछि बालिकाका आफन्तले उपचारमा खटिएका चिकित्सक र पारामेडिक्समाथि हातपात र गालिगलौज गरेको तथा अस्पतालमा भएका सामान तोडफोड गरेको भन्दै अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पतालले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमले घटनाबारे सत्यतथ्य नबुझि तथा केहि व्यक्तिहरुले सामाजीक सञ्जालमा एक तर्फी समाचार र सूचना सम्प्रेषण गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । अस्पतालले बिरामीलाई…

बुटबलको कोरोना अस्पतालमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ

स्वास्थ्यसमाचार /बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका युवामा कोरोना नेगेटिभ आएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो।उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो । थापाका अनुसार तेलीलाई मृगौलामा समस्या रहेको थियो। तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए। भारतबाट आउँदा खेरी नै ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए। श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना…

सबै चिकित्सक/स्वास्थ्यकर्मी को पिसिआर परीक्षण अनिवार्य

स्वास्थ्यसमाचार /सरकारले अस्पतालहरुमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी र नर्सलगायतका फ्रन्टलाइनरको अनिवार्य पिसिआर परीक्षण गरेर काममा खटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले विज्ञाप्तिमार्फत संक्रमण र जोखिम बढ्दै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखेर नियमित स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई हुन नदिनु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ । स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सकरस्वास्थ्यकर्मीबाट सर्वसाधारणहरु लाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइन मा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गर्नुपरेको मन्त्रालयले जनाएको छ । यस्तो छ…

समुदायमा कोरोना संक्रमण फैलिएपछि भदौ ५ गते सम्म बुटबल बन्द

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि बुटवल उपमहानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितीमा बुधबार उपमानगरको कोभिड(१९ संकट व्यवस्थापन समितिको बैठकले भोलि विहिबार राती ११.४५ देखि आगामी भाद्र ५ गते राती ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षता तथा विभिन्न सुरक्षा निकाय, राजनीतिक दल तथा प्रतिनीधिहरुको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वताए। लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य…