लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड -१९ को रिर्पोट ३० मिनेटमै

चिकित्सकको जोखिम न्युनिकरणमा सहयोग मिल्ने छ :मन्त्री बराल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड–१९ को द्रुत परिक्षण सेवा शुरु भएको छ ।आकस्मिक उपचारमा आउने विरामीहरुलाई लक्षित गरि सो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

आज प्रदेश ५का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उक्त मेशिनबाट आफ्नै स्वाव परिक्षण गरि सेवा शुभारम्भ गरे ।यो सेवासंगै सुरु भएपछि अस्पतालमा आउने कोरोना भाईरससंग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज बताए । चिकित्सकहरुमा कोरोना संक्रमण समेत कम हुने मन्त्रीको भनाई छ । ‘चिकित्सकको जोखिम न्युनिकरणमा सहयोग मिल्ने छ ।मन्त्री बरालले भने ।

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परिक्षण सेवा शुरु लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

डा खनालले यो मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने वताए ।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक निम बहादुर सिहले यो विधि निक्कै प्रभावकारी र गुणस्तर भएको वताए । अस्पतालमा उपचारमा आउने आकस्मिक भर्ना भएका कोरोना भाईरसका मिल्दोजुल्दो लक्षण भएका क्षयरोगी तथा एचआईभी संक्रमितको परिक्षणमा प्राथमिकता दिईने बताए ।

अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालमा पहिले नै उपलब्ध ल्याबको सेवालाई बिस्तार गरिएको बताए । क्षयरोगीहरुको परिक्षण हुदै आएको जिन एक्सपट मेशिनको कार्टेजसंगै बायोसेफ्टी क्याबिनेट थप गरि कोभिड १९ को परिक्षण शुरु गरिएको उनले बताए । अस्पतालका कोभिड १९ फोकलप्रसन डा. सुदर्शन थापाले पछिल्लोसमय कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको वताए ।

अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने बताए ।अमेरिकाले बनाएको यो मेशिन करीब ढाई महिना अघि विश्व स्वस्थ्य संगठनबाट मान्यता प्राप्त भएको थियो । एक घण्टामा ४ जनाको परिक्षण गर्न सकिने उनले बताए । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना ल्याब टेक्नीसियनले उक्त कार्यमा खटिने भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :