प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा चौधरीलाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकरप्रसाद चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । डा चौधरीलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश रोक लगाईएको छ ।

कोरोना बिरुद्धको अभियानमा सक्रिय सहभागी डा चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको र अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ । डा चौधरीले आफूलाई कोरोना संक्रमण भएकोले घरमै आईसोलेसनमा बसेको बताएका छन।

संक्रमण पुष्टि भएपछि डा चौधरीले मेरो स्वास्थ्यको अवस्था अहिले सामान्य रहेको र हुदा दइ हप्ता पछि सम्पर्क वाहिर रहेको बताएका छन ।अवधीमा कार्य प्रति मार्गदर्शन गर्ने, हौसला प्रदान गर्ने मेरा मान्यवरहरु, सहकर्मीहरु, साथी भाई तथा आफन्तहरुमा हार्दिक धन्यबाद दिन चाहन्छु ।

सेवा प्रवाह गर्ने सवालमा यस बिचमा मेरो सम्पर्कमा आउने सम्पूर्ण ब्यक्तित्वहरुका आफ्नो स्वास्थ्यको सुरक्षालाइ महत्व दिनु हुनेछ भन्नेमा म बिश्वस्त छु । डा चौधरीले उल्लेख गरेका छन ।

सम्बन्धित शिर्षक :