चिकित्सकलाई हातपात गर्ने दोषि माथि कडा कारवाही गर : चिकित्सक संघ लुम्बिनी

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले कपिलवस्तु अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुबर््यवहारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष डा इन्द्र ढकाल तथा महासचिव डा सन्तोष पोखरेलले एक विज्ञप्ती जारी गर्दै कपिलवस्तु अस्पतालमा चियाले जलेर उपचारका लागि ल्याइएकी एक बर्षीय बालिकाको निधनपछि चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरेका छन ।

विज्ञप्तीमा जिल्ला प्रशासनमा दिइएको निवेदनमाथि पनि तुरुन्त सुनुवाईको माग गरिएको छ । ‘घट्ना पश्चात जिल्ला प्रशासनमा अस्पताल प्रशासनले बुझाएको निवेदन उपर पनि छिट्टै कारवाही गर्ने आश्वासन पाए पनि एक हप्ता बितिसक्दा पनि कुनै कारवाही अगाडी नवढेकोमा हामी खेद प्रकट गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ,।

‘यस्ता किसिमका घट्नाले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने देखिन्छ ।’ संघले दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ । ‘दोषीलाई तुरुन्त कानुनी दायरामा लिई कारवाही अघि बढाउन अञ्चल शाखा माग गर्दछ । अन्यथा अन्य गम्भीर कदम चाल्न संघ बाध्य हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।

कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक बर्षकी बालिकाको गत शनिबार मृत्यु भएको थियो । गुलाम मुसलमानकी छोरी सोफियालाई चियाले पोलेपछि उपचारका लागि कपिलवस्तु अस्पतालमा लगिएको थियो । चियाले पोलेपछि वालिकालाई तत्कालै उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको मृतकका बाबुले बताए । अस्पतालमा पु¥याएको केही बेरमा उनकी छोरीको मृत्यु भएको थियो ।

आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालका सामाग्री तोडफोड गरेका थिए ।  अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अमानवीय गतिविधी हुनु भएको बताउदै जाँचबुझ समिति बनाएर अनुसन्धानको काम भैरहेको कपिलवस्तुका प्रमुख जिल्लाअधिकारी दीर्घनारायण पौडेलले बताए । ‘१५ दिनको समय दिएर समिति बनाएका छौं ।समितिको प्रतिवेदन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।

सम्बन्धित शिर्षक :