बुटबलमा कोरोना बाट कपिलबस्तुका ४२ बर्षीय पुरुषको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कपिलवस्तुका ४२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती संक्रमित तीनदिन देखि अस्पतालमा उपचार गराइरहेका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ४२ वर्षीय ती पुरुषलाई आइसीयूमा भर्ना गरेर उपचार जारी थियो ।

बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ । उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए । यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

हालसम्म प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या १३ जना, रहेका छन ।नेपालमा अहिले सम्म कोरोनाको संक्रमबाट १ सय जनाको मृत्यु भैसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :