नेपालमा २४ घण्टामा ८ जनाको मृत्यु, ४८४ जना कोरोना संक्रमित

स्वास्थ्यसमाचारर नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार चार सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा चार सय ८४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार ६…

बुटबलको कोरोना अस्थायीअस्पतालमा २ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको हो । सघन उपचारमा रहेका ७ जना संक्रमित मध्य २ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । कपिलवस्तुकै २५ वर्षिय युवाको…

नेपालगञ्जमा कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु

स्वास्थ्यसमाचार /नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन । भेरी अस्पतालमा भर्ना भएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो। सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु छोरा जन्म दिएका थिए। मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको…

स्वास्थ्यकर्मि नै यो युद्धको सिपाही हो आत्मवल उचो बनाएर काम गर्नुहोस :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा कोभिड –१९ को पुर्व तयारीका साथ काम गर्दा संक्रमणको दरका आधारमा क्षतीकम भएको वताएका छन । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरेको कोभिड –१९ समिक्षा तथा सिआईसिटिटी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बरालले क्षती न्यूनिकरण गर्न पूर्वतयारी जरुरी रहेको वताएका हुन । बरालले भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बजेटको कमी हुन नदिने भन्दै उच्च मनोवलको साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । तपाईहरु नै हो यो युद्धको सिपाही आत्मवल उचो बनाएर काम गर्नुहोस् ।…

प्रदेश ५ सरकारले कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले पछिल्लो समय फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रदेशअन्तर्गत अस्पतालहरुमा आइसोलेसन सेन्टर निमार्ण गरी प्रभावकारी रुपमा सञ्चालन गर्न जोड दिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले तराई र पहाडका जिल्लाहरुमा कम्तिमा २ सय बेड र रुकुम पूर्वमा कम्तिमा ५० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठकले पालिकास्तरमा मास्क खरिद गर्न नसक्ने व्यक्तिहरुलाई पालिकाले व्यवस्था गर्ने, मास्क प्रयोग नगरी हिड्नेहरुलाई मास्क प्रयोग गर्न अनुरोध गर्ने, अटेर गर्ने वा वेवास्ता गर्नेलाई जिल्ला कोरोना संकट व्यवस्थापन…

भिम अस्पतालमा चिकित्सकको मनोमानी: हाजीर सरकारीमा काम निजीमा

स्वास्थ्यसमाचार/ मानिसको ज्यान बचाउने पेसा अँगालेका चिकित्सकको धर्म नै बिरामीकोसेवा हो ।आर्थिक अभावमा पिल्सिएका, गरिब, दिन दुःखीको उपचार गरेर सेवा गर्नु सरकारी चिकित्सकको कर्तव्य पनि हो । तर यीसबै सन्दर्भहरु अचेल आदर्शमा मात्र सिमित हुन थालेका छन् । यसको ताजा उदाहरण रुपन्देहीको जिल्ला अस्पताल भिम अस्पतालमा हेरे हुन्छ ।उपचारका लागि दैनिक सयौबिरामी आउने अस्पतालमा चिकित्सक भने हुँदैनन् । अस्पताल छ, चिकित्सकको दरबन्दी छ, छात्रवृत्ति करारमा चिकित्सक छन् तर बिरामीले चिकित्सक फेला पार्न सक्दैनन्।प्रायः अन्तरंग (ओपिडी) कक्षबिरामीहरुले भरिभराउ हुन्छ । तर कुनै पनि विशेषज्ञ चिकित्सकहरुको अत्तोपत्तोहुँदैन । नियमत अस्पतालमा ९ बजे…

अग्रपक्तिमा खटिने नर्सलाई प्रयाप्त पिपीई भएन :नर्सिड संघ

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघले एक बिज्ञेप्ती जारी गरि कोरोना संक्रमितको उपचारमा अग्रपक्तिमा बसेर काम गर्ने नर्सहरुलाई प्रयाप्त पिपीई ब्यबस्था गर्ने गरेको छ । नेपाल नर्सिड संघका अध्यक्ष मनकुमारी राईद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना नेपालमा पनि दिनप्रतिदिन बढदो रहेको छ । कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपक्तिमा रहेर कामगर्ने नर्संहरुलाई प्रयाप्त मात्रमा पिपीई नहुनु ,निजि तथा सार्वजानीक स्वास्थ्य संस्थामा जागिरबाट निकाल्ने वेतलबी बिदामा राख्ने साथै उनीहरुले खाईपाई आएको तलबमा कटौती गर्ने जस्ता कार्य भैरहेकोले तत्काल बन्द गर्ने संघले आग्रह गरेको छ ।

२८औ विश्व स्तनपान दिवस: “स्तनपानअमृत समान बोटलपान बिष समान”

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्रआधार“भन्ने नारा का साथ यो वर्ष बिभिन्नकार्यक्रमहरु गरेर विश्व स्तनपान सप्ताहविश्व भरि मनाइदै छ । आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारमा स्तनपानको ठुलो भूमिकाहुने भएकाले नेपालमा समेत अगष्ट महिनाको पहिलो हप्तालाई हरेक वर्ष पोषण सप्ताहको रुपमाबिशेष महत्वको साथलिने गरिन्छ । शिशु जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराएशिशुलाई संभावितअकाल मृत्यु र अन्य जोखिम बाट समेत बचाउन सकिने भएकाले जन्मिने बित्तिकै शिशुलाई स्तनपान गराउनु नै सर्वोत्तम मानिन्छ,भने स्तनपानशिशुको मौलिकअधिकार पनि हो । विश्वब्यापी रुपमा हेर्ने हो भने ५ जनाशिशु मध्ये ३ जनाशिशुलाई मात्रै एक घण्टा…

बुटवलको कोरोना अस्पतालमा बिरामीलाई औषधी पुर्याउन ‘सिस्टर रोबोट’ प्रयोग गरिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले संञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागोकारखानामा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ । त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे । कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमीतसंग हेलमेल भइराख्नुपर्ने नर्शको सुबिधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए। २ लाख लागतको…

दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव

स्वास्थ्यसमाचार/ फेरी दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना फैलिन नदिनकोलागि दुई साता लकडाउन गर्न सुझाव दिएका हुन् । विज्ञहरुले दिएको उक्त सुझाव प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ । कोरोना संक्रमित दर बढ्दै गएपछि आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेता सहित विज्ञहरुसंग भावि रणनीतिका बारेमा छलफल गरेका हुन् । उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतको सहभागित रहेको थियो ।