कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

कोभिड १९ को महामारी समुदाय स्तरमा फैलिन नदिन केही दिनका लागि उपनहानगरका अत्यावश्यक काम बाहेक सबै बन्द गरिएको प्रमुख शिवराज सुवेदीले वताए । महामारी विरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको उपमहानगरले जनचेतनामूलक कार्यक्रम संगै संक्रमित भेटिएका ठाउँमा कन्ट्याक्ट् ट्रेसिङ, नमुना संकलन गरि प्रादेशिक प्रयोगशालामा पठाउनेलगायतका काम गर्दै आएको प्रमुख सुवेदीले वताए ।

आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबारदेखि उपमहानगर पालिकामा सबैलाई प्रवेश निषेध समेत गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगर पालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले वताए ।

उपमहानगरभित्र रहेका बैङ्क तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले बैङ्क तथा वित्तीय संस्थाहरुलाई आइतबारदेखि नै लागु हुने गरी अनलाइनबाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गर्दै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइतबार बिहान सार्वजनिक अपील गर्दै विज्ञप्ति जारी गरेका छन ।

अती जरुरत परेका, स्वास्थ्य तथा कोभिड १९ को महामारी रोकथामका काम बाहेक अरु कुनै पनि कामका लागि कार्यालय नखुल्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । बुटवल उपमहानगरमा पछिल्लो दुई दिनमा मात्र समुदाय स्तरमा ४० जना कोरोना संक्रमित थपिएका छन् । यसअघि नै उपमहानगरले भदौ ५ सम्मका लागि लकडाउन गरेको छ ।

२८ जना कर्मचारी कन्ट्याक्ट् ट्रेसिङमा, स्वाब संकलन गरि पठाइयो यसैबीच बुटवल उपमहानगरपालिका मा  Covid-19 positive देखिएको कर्मचारीहरुको Contact Tracing   सुरु गरिएको छ ।

को दायरामा आउने २८ जना कर्मचारीहरुको स्वाब कलेक्सन गरि परिक्षणको लागि पठाइएको स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले वताए ।

सम्बन्धित शिर्षक :