रुपन्देहीमा ‘क्विक रेस्पोन्स टिम’ र ‘इमिडेट रेस्पोन्स टिम’ परिचालन

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोना संक्रमण बढ्न थाले पछि जिल्लामहामारीमा स्तरमा काम गर्न ‘क्विक रेस्पोन्स टिम’ र स्थानीय तहमा काम गर्न ‘इमिडेट रेस्पोन्स टिम’बनाइएको छ ।

समुदाय स्तरमा कोरोना तिव्र रुपमा देखिन थाले पछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी को आइतबार बसेको बैठकले दुइवटा समूह तयार गर्ने निर्णय गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ‘इमिडिएट रेस्पोन्स टिम’परिचालन हुनेछ ।

डिसिसिएमसीको बैठकले पालिकाहरुमा अतिआवश्यक पर्ने सामाग्री खरिद गर्न सक्ने गरी अख्तियारी समेत दिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने ‘क्विक रेस्पोन्स टिम’मा स्थानीय पालिका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ लगायत सदस्य रहने छन् ।

त्यस्तै, ‘इमिडिएट रेस्पोन्स टिम’मा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानिय प्रहरी, स्वास्थ्यकर्मी लगायत सदस्य रहने डिसिसिएमसी ले जनाएको छ ।

सम्बन्धित शिर्षक :