कपिलवस्तु अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द ,स्वास्थ्यकर्मी आन्दोलनमा

स्वास्थ्यसमाचार/ कपिलवस्तु अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा उपचाररत बिरामीको मृत्यु पछि आफन्तले स्वास्थ्यकर्मीमाथि गरेको दुव्र्यवहारपछि आकस्मिक बाहेकका सेवा ठप्प गरिएको छ ।

साउन २४ गते शनिवार एक वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएपछि बालिकाका आफन्तले उपचारमा खटिएका चिकित्सक र पारामेडिक्समाथि हातपात र गालिगलौज गरेको तथा अस्पतालमा भएका सामान तोडफोड गरेको भन्दै अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमले घटनाबारे सत्यतथ्य नबुझि तथा केहि व्यक्तिहरुले सामाजीक सञ्जालमा एक तर्फी समाचार र सूचना सम्प्रेषण गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।

अस्पतालले बिरामीलाई हरसम्भव बचाउने प्रयास गरिएपनि अवस्था गम्भीर बन्दै जाँदा उनलाई बचाउन नसकिएको भन्दै यस विषयमा बिरामीका आफन्तलाई जानकारी गराइएपनि उनीहरुले उपचारमा संलग्न डाक्टर तथा पारामेडिक्समाथि हातपात, गालीगलौज गरेको तथा अस्पतालमा तोडफोड गरेको विषयमा जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराएको पाँच दिनसम्म कुनै कारबाही नभएपछि आन्दोलनमा उत्रिनुपरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।अस्पतालका कर्मचारीहरुले दोषीलाई कारबाहीको दायरामा नल्याए थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित शिर्षक :