संक्रमतिको मनोबल बढाउन बुटवलमा सुरु भयो नौलो काम

स्वास्थ्यसमाचार/  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बुटवलमा पनि बढिरहेको अवस्था छ । संक्रमण रोकथाम र संक्रमितको मनोबल बढाउन बुटवल उपमहानगरपालिकाले विभिन्न उपायहरु अबलम्बन गरिरकोे छ । सचेतना, सावधानी, क्वारेन्टिन, आइसोलेशन सेन्टर हुँदै भेन्टिलेटर र आइसीयूसहितका अस्पतालसम्म निर्माण गरिएका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएका छन् । होम आइसोलेशनमा राखिएका तिनै संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घरघरमा पुग्नुभएको छ । स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती…

शुरक्षित रुपमा चाडपर्व मनाउन सामाजीक मन्त्री बरालको आग्रह

स्वास्थ्यसमाचार/ सामाजि विकास मन्त्री सुदर्शन बरालले महिलाहरुको महान चार्ड हरितालिका (तीज) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन। तिजको पुर्व सन्ध्यामा वुधवार शुभकामना सन्देश संप्रेषण गर्दै कोभिड १९ लाई मध्यनजगर गरी जारी गरिएको मापदण्डलाई पालना गरी पर्व मनाउन अनुरोध गरेका छन । प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणको प्रयास गर्दा गर्दे पनि पनि समाजमा यसको संक्रमण दर बढिरहेकोले जनाउदै जनस्वास्थ्यमा पर्नसक्ने थप नकारात्मक असर आउन नदिन सबैको पहलकदमी आवश्यक रहेको वताए । मन्त्री बरालले शुभकामना सन्देश तथा अपिलमा भनिएको छ – यसमा प्रदेश सरकार गम्भीर भएको छ । जन जीवन…

भदौ ७ सम्म बुटवल तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा

स्वास्थ्यसमाचार/ बुटवल तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा गरेको छ । बुटबल उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै हरियो तरकारी खरिद विक्री गर्दा व्यापक भिडभाड हुदाँ कोरोना संक्रमणको जोखिम भएकोले भोलिदेखि भदौ ७ गतेसम्म सब्जिमण्डी निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालदेखि तिनाउ पुलसम्म र सब्जिमण्डीदेखि बसपार्कको न्यू ईरा होटेलसम्मको क्षेत्रलाई हरियो तरकारी विक्री वितरण गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सब्जिमण्डीबाट आलु, प्याज, लसुन र फलफुलको थोक विक्री वितरण मात्र पूर्व निर्धारित…

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्यु

स्वास्थ्यसमाचार / राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्यु भएको छ । मंगलवार साझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको घिमिरेकी छोरी डा किरण रेग्मीले बताइन् । उनको लैनचौरस्थित घरमै मृत्यु भएको हो । ‘घरमै हुनुहुन्थ्यो ’ डा। रेग्मीले भनिन् ‘ अहिले साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।’ कवि घिमिरेलाई लामो समयदेखि पेट र छातीको समस्या थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान…

कोरोना संक्रमण बढेपछि रुपन्देही भाद्र ७ सम्म लकडाउन

स्वास्थ्यसमाचार/ जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि लकडाउन गरिएको छ। समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती १२ बजेसम्मका लागि जिल्ला लकडाउन गरिएकोे हो। रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्ला लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने गरी भदौ ७ गते सम्मका लागि…

भाद्र ३ देखी १० सम्म तिलोत्तमा पूर्ण रुपमा बन्द, साइकलसमेत चल्न नपाउने

स्वास्थ्यसमाचार /समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलिदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि आगामी भदौ १० गते साँझ ७ बजेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उद्योग–व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा सोमवार बसेको संकट व्यवस्थापन केन्द्र ९सिसीएमसी० को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । यो अवधिमा दुग्ध डेरीडिपो बिहान ६…

कोरोना संक्रमित नवलपरासी काङ्ग्रेस उपसभापति को निधन

स्वास्थ्यसमाचार/ कोरोनाबाट संक्रमित भएका नवलपरासी सुस्ता पश्चिमका एक पुरुषको निधन भएको छ । ४५ बर्षिय शुभाषचन्द्र गिरिको कोरोनाको कारण निधन भएको हो । उनी नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति हुन । केही समय अगाडी पथ्थरीकोे शल्यक्रिया गरेका उनलाई हप्तादिन अगाडीमात्रै कोरोना पोजेटिभ देखिएको थियो । उपचारको क्रममा पाटनमा रहेका उनी बिशेष उपचार कक्षमा उपचाररत रहेका र गत राती २ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको नेपाली काग्रेसका महासमिति सदस्य चन्द्र बहादुर रानाले मृत्यु भएको सामाजीक संञ्जालमा पुष्टी गरेका छन । तर स्वास्थ्यमन्त्रालयले भने पुष्टी गरेको छैन ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सेवा भाद्र ५सम्म स्थगित

स्वास्थ्यसमाचार/ समुदायमा कोरोना संक्रमण फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयबाट शान्ति सुरक्षालगायत अत्यावश्यक कार्यहरूबाहेक अन्य प्रशासनिक सेवाहरू स्थगन गरेको छ। आज कार्यालयले सूचना जारी गर्दै सोमबारदेखि भदौ ५ गतेसम्म नागरिकता, राहदानी, संघसंस्था सम्बन्धिलगायत अन्य प्रशासनिक सेवाहरू स्थगित गरेको हो। सूचनामा कोभिड १९ को संक्रमण दैनिक रुपमा बढिरहेको र समुदाय स्तरमा संक्रमण बढ्न सक्ने संभावनालाई दृष्टिगत गरी प्राशसनिक सेवाहरू बन्द गरेको उल्लेख छ। त्यसैगरी सूचनामा सरकारी कार्यालयहरुबाट प्रभाव हुने सेवालाई समेत न्यूनिकरण गर्न अत्यावश्यक देखिएकोले दैनिक सेवा प्रवाह स्थगन गरिएको उल्लेख गरिएको छ। सहाएक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडका…

रुपन्देहीमा ‘क्विक रेस्पोन्स टिम’ र ‘इमिडेट रेस्पोन्स टिम’ परिचालन

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोना संक्रमण बढ्न थाले पछि जिल्लामहामारीमा स्तरमा काम गर्न ‘क्विक रेस्पोन्स टिम’ र स्थानीय तहमा काम गर्न ‘इमिडेट रेस्पोन्स टिम’बनाइएको छ । समुदाय स्तरमा कोरोना तिव्र रुपमा देखिन थाले पछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी को आइतबार बसेको बैठकले दुइवटा समूह तयार गर्ने निर्णय गरेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ‘इमिडिएट रेस्पोन्स टिम’परिचालन हुनेछ । डिसिसिएमसीको बैठकले पालिकाहरुमा अतिआवश्यक पर्ने सामाग्री खरिद गर्न सक्ने गरी अख्तियारी समेत दिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने…

कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । कोभिड १९ को महामारी समुदाय स्तरमा फैलिन नदिन केही दिनका लागि उपनहानगरका अत्यावश्यक काम बाहेक सबै बन्द गरिएको प्रमुख शिवराज सुवेदीले वताए । महामारी विरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको उपमहानगरले जनचेतनामूलक कार्यक्रम संगै संक्रमित भेटिएका ठाउँमा कन्ट्याक्ट् ट्रेसिङ, नमुना संकलन गरि प्रादेशिक प्रयोगशालामा पठाउनेलगायतका काम गर्दै आएको प्रमुख सुवेदीले वताए । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने…