भिम अस्पताल भैरहवामा मेसु फेरीए नयाँ डा शकुन्तला गुप्ता

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा मेडिकल सुपरिटेन्डेन्ट परिर्वतन भएका छन । सामाजीक बिकास मन्त्रालय प्रदेश ५ले काजमा उनीहरुलाई सरुवा गरेको हो । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नबिन दर्नाललाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा काज सरुवा गरिएको छ भने लुम्बिनी प्रादेशिक अस्पतालका MGDP  /बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ  डा सकुन्तला गुप्तालाई मेसु बनाईएको छ। डा गुप्ता  MGDP   ग्रुपका हुन । उनी लामो समयदेखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेकी छन ।

लकडाउन कार्यान्वयन र आइसोलेशनको क्षमता बढाउन माग

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देही जिल्ला कमिटीले रुपन्देहीमा जारी लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ । जिल्ला कमिटी कार्यालयको आइतबार बुटवलमा बसेको बिस्तारित बैठकले जिल्ला सिसिएसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पक्तिलाई परिचालित हुन निर्देशन दिएको हो । कोभिड १९ महामारी सम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना र भौतिक दुरी कायम गरी सम्पन्न भएको बैठकमा कोरोना महामारीले जिल्लामा पारेको प्रभावको गम्भीर समीक्षा भएको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए । बैठकले स्थानीय पालिकाहरूलाई समयमै क्वारेन्टाईन र आईसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउन आग्रह…

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही : स्वास्थ्य मन्त्रालयल

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरु स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको बताएको छ । मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा बताए । चितवनमा संक्रमित चिकित्सक होम आइसोलेसनमा बसिरहँदा टोल सुधार समितिको नामबाट एउटा समूह कोरोना संक्रमितको घर भन्दै व्यानर टाँस्न पुगेको थियो । शनिबार मात्रै काठमाडौँमा टोल सुधार समितिकै नाममा एउटा समूहले सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको नयाँ बानेश्वरस्थित एक होस्टलको घेराउ गर्न पुगेको थियो । यी दुबै घटनालाई स्वास्थ्यकर्मीमाथिको दुर्व्यहारको संज्ञा दिदै उनले यसो नगर्न आम सर्वसाधारणलाई पुन सचेत बनाए ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ ।साउन ३१ गते कोरोना पोजिटिभ पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी बुटवल वडा नम्बर १ की ६७ बर्षिय महिलाको आज मध्यान्ह १ बजे कोरोना बिषेश अस्पतालमा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको बिज्ञप्ति अनुसार आजै रुपन्देहीको सम्मरीमाई गाँउ पालिकाका ३८ बर्षि पुरुषको पनि मध्यान्ह १ः१० बजे मृत्यु भएको उल्लेख गरिएको छ । भाद्र १ गते स्वास प्रश्वासमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए । दुबैजनाको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भईरहेको थियो । मृतक महिला…

कोरोना संक्रमितिको चाप वढदो ,बुटवलका आईसियु बेड संक्रमितले भरिए

स्वास्थ्यसमाचार/बुटवलकोे कोरोना विशेष (अस्थायी) अस्पतालको आईसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् ।दैनिक रुपमा लक्षण सहितको कोरोनाका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनालका अनुसार बुटबलको धागोकारखनामा बनाईएको कोरोना अस्थायी अस्पतालमा १६ वटा बेडमा रहेकामा ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका वताए । लुम्बिनी प्रादेशिक अस्पताल ले व्यवस्थापन यो अस्पतालमा आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम रहेको डा खनालले बताए बेड संख्या ३६ रहेका र आइसोलेसन कक्षमा २१…

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीले कोहलपुरमा शल्यक्रियावाट छोरी जन्माईन

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका –११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि उनले नेपालगञ्जमा बच्चा जन्माईकि छन । कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञ सहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो ।आइसोशनमा राखेर निगरानी रहेकी उनको आज बिहान ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी वताए ।अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ। भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि…

१ जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कोरोना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने बताएको छ । मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको वताए ।हालसम्म ५ लाख ७९ हजार ८सय ९९ जनाको पिसिआर परीक्षण भएको बताए। परीक्षण भएकामध्ये ३० हजार ४सय ८३ जनामा कोरोना पोजिटिभ देखिएको छ। सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र…

लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले सन्देशमूलक गित गाएर तीज मनाए

स्वास्थ्यसमाचार / देशभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वर्ष दिनमा आउने तीज पर्वमा परिवार, आफन्तसँग रमाइलो गरी मनाउन नपाए पनि लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले भने सन्देशमूलक गीतसहित तीज मनाएका छन । अघिका वर्षहरूमा तीजमा आलोपालो गरी माइत जाने नर्सहरूले यो पटक बिदा पाएनन्। कोरोना भाइरसको गति संगै र उनीहरूको व्यस्तता पनि निकै बढेको छ । विगत पाँच महिनादेखि कोरोना संक्रमितसँगै नियमित उपचारका लागि आउने बिरामीको सेवामा खटिएका उनीहरूले अस्पतालमै सन्देशमूलक तीज गीत गाएर रमाएका छन। लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड ईन्र्चाज ज्योति पौडेलको नेतृत्वमा अस्पताका नर्सहरुले सन्देश मुलक गित गएका छन।…

बुटवलको कोरोना अस्पतालमा प्युठानका ६४ वर्षिय संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए आज विहान साढे ६ बजे मृत्यु भएको बताए । संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो।कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको…

जोखीममा छौ साह्रै हामी जोखीममै छ परिवार, युद्धहामी लडेका छौंं बिना हतियार !

बुवा आमा दाजु भाई दिदी वहिनी सैंसाथी । दरजा अनुसारको ढोग बरिलै ।। घुमिफिरी आउने यो रमाईलो तिजमा । वाधक बनिदियो रोग बरिलै।। चर्चा भयो सबै तिर कोरोना कहरको। सुनिदिनुस २, ४ कुरा नमानि झर्काे । दिन प्रतिदिन बढेका छन् रोगी र मृतक ।। पिसीआरको दायरा बढाउ बनाउ पृथक। स्वास्थ्यकर्मि, सुरक्षाकर्मि सबैभन्दा पहिले।। जाँँच गरौंं साह्रै जोखीम छ नि अहिले। नसोंंच्नु होला हजुर यिनलाई मात्र फाईदा हो।। समुदाय जोगाउने गज्जव काईदा हो । अत्याबश्यक सेवा दिने स्वास्थ्य संस्थाको अवस्था माक्स छैन पंञ्जा छैन कस्तो ब्यवस्था । ब्यबस्थापनमा ध्यान नदिने नेतृत्व…